कीवर्डहरू -

घरमा विद्युतीय सवारी साधन चार्ज गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

घरमा विद्युतीय सवारी साधन चार्ज गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

सुन्दर यातायातले घरमा विद्युतीय सवारी साधन चार्जमा राख्दा आगो लाग्यो भन्ने नकरात्मक प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । 

नेपालमा पहिलो पटक विद्युतिय साधन र चार्जिङ्ग स्टेशन ल्याउने सुन्दर यातायातले विश्व व्यापी रुपमा पनि यस्तो घटना नभएको बताएको छ । 

भर्खर पाइला सरिरहेको विद्युतिय सवारी साधनप्रति नकरात्मक धारणा सिर्जना गर्न खोजेको सुन्दर यातायातको दावी छ ।

ब्याट्री (LFP) बाट आगो लागि भएको भए धुवाँको मुस्लो निक्लेको हुनुपर्नेमा विद्युतीय चार्जिङ्ग चार्जिङ सप्लाईबाट मानविय त्रुटिबाट हुन गएको आगोलाई गलत प्रचार नगर्न समेत सञ्चार माध्यमलाई सुन्दर यातायातले आग्रह गरेको छ । साथै कम्पनीले जाडोको समयमा गाडी चार्ज गर्दा ध्यान दिनसमेत अनुरोध गरेको छ ।

घरमा गाडी चार्ज गर्दा ध्यान दिनुपर्ने कुराहरु

  • आफ्नो सवारी साधन संचालन पछि कति प्रतिशत ब्याट्री खपत भयो र कति प्रतिशत चार्ज गर्ने हो, त्यो सवारी धनीले ध्यान दिनुपर्छ । 
  • रातभरि चार्जमा गाडि नराख्ने ।
  • जाडोको मौसममा विद्युतको Supply high voltage / low voltage supply हुँदा आफनो गाडी Full Charge भइसकेपछि Current बाट छुटाउनु पर्छ ।
  • चार्जमा जोड्ने समयमा Charging Port ठीक छ कि छैन Check गर्नुपर्छ ।

यी कुराहरूमा ध्यान दिँदा भविष्यमा हुने आगजनी तथा ठूलो मर्मत खर्च जोगिन सक्छ । त्यसैकारण प्रयोगकर्ताहरूले माथिका यी कुरामा ध्यान दिन आवश्यक छ ।