कीवर्डहरू -

एटीएम प्रयोग गर्नुहुन्छ ? पैसा चोरी हुनुबाट जोगाउन यी कुरामा ध्यान दिनुहोस्

एटीएम प्रयोग गर्नुहुन्छ ? पैसा चोरी हुनुबाट जोगाउन यी कुरामा ध्यान दिनुहोस्

आजको डिजिटल युगमा बैंकिङ र नगदसँग सम्बन्धित काम अब अनलाइन माध्यमबाट हुन थालेको छ । सजिलो र सहज भएकाले धेरै जना डिजिटल माध्यममा गइरहेका छन् । 

हाम्रो नेपाली समाज अझै पनि पूर्ण डिजिटाइज भएको छैन् । कुनै न कुनै बेला नगद अर्थात क्यासको आवश्यकता हुन्छ । त्यस्तो बेला एटीएम भएको ठाउँमा जानुपर्ने अवस्था आउँछ । 

पछिल्लो समय एटीएमबाट नगद निकाल्ने मात्रै होइन झिक्ने सुविधा समेत छन् । तर त्यो एकदमै सिमित मात्रामा रहेको छ ।

अकश्मात नगदको आवश्यकता पर्दा हामी एटिएममा जान्छौं । यस्तो बेला तर एटीएम कार्डको प्रयोग हामीले सुरक्षित साथ गर्नुपर्छ । कहिलेकाँहि सुरक्षित साथ प्रयोग नगर्दा कुनै अप्रिय घटना हुन सक्छ । कसैले पैसा नै चोर्न सक्छ । 

यसैलाई मध्यनजर गर्दै आज हामीले तपाईंलाई एटीएम कार्ड प्रयोग गर्दा के के विषयमा ध्यान दिने त्यसको जानकारी दिदैछौं । 
 
अरूलाई एटीएम कार्ड प्रयोग गर्न नदिनुहोस्

तपाईंले सम्झनु पर्ने पहिलो कुरा तपाईंको एटीएम आफैं मात्र प्रयोग गर्नुपर्छ । धेरै पटक वृद्ध वा कम शिक्षित मान्छेहरूले नजिकै उभिएको व्यक्तिको सहयोग लिने गर्छन्, तर त्यसो गर्नु ठगहरूलाई लुटपाट गर्ने मौका दिनु जस्तै हुन सक्छ ।

आवश्यक परेमा एटीएम गार्डको मद्दत लिन सक्नुहुन्छ वा परिवारका कुनै सदस्यलाई पनि साथमा लैजान सक्नुहुन्छ । तर सबैभन्दा सुरक्षित उपाय भनेको सकेसम्म अरू कसैलाई एटीएम कार्ड नदिने नै हो ।
 
एटीएमको सुरक्षा जाँच गर्नुहोस्

मानिसको आवतजावत कम हुने ठाउँमा धेरै पटक एटीएम जडान गरिन्छ । यस्तो अवस्थामा ह्याकरहरू र क्लोनरहरूले एटीएमसँग छेडछाड गर्छन् । यसमा क्लोनिङ उपकरणहरू जडान गर्छन् ताकि प्रयोगकर्ताको कार्ड क्लोन गरेर पैसा निकाल्न सकिन्छ ।

यस्तो अवस्थामा तपाईले एटीएमको किप्याड राम्रोसँग जाँच्नुपर्छ । कुनै गल्ती छ कि छैन वा कुनै परिवर्तन भएको छैन भनेर ।
 
एटीएम कार्डको पिन नम्बर लुकाएर राख्नुहोस्

पैसा झिक्न वा जम्मा गर्न एटीएममा जाँदा आफ्नो कार्डको किप्याडमा पिन नम्बर इन्टर गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तपाईसँग अरु कोही व्यक्ति छ वा छैन याद गर्नुहोस् । भएमा अर्को हातले गोप्य रूपमा एटीएम पिन इन्टर गर्नुहोस् ।

धेरै पटक ह्याकरहरूले क्यामेरा जडान गरेर कार्ड पिन चोर्छन् र त्यसपछि कार्ड क्लोनिंगमार्फत तपाईंको बैंक खाता खाली गर्न सक्छन् । यसबाहेक, यदि तपाईंसँग अरू कोही उभिरहेको छ भने, अर्को हातले लुकाएर एटीएम पिन प्रविष्ट गर्नुहोस् ।
 
एटीएम मेसिनमा बत्ती बलेको छ कि छैन जाँच गर्नुहोस् 

जब तपाईं एटीएम मेसिनमा आफ्नो कार्ड छिराउनु जानुहुन्छ, तपाईंले त्यहाँ हरियो वा पहेंलो बत्ती बलेको देख्नुहुन्छ ।

यदि यो बत्ती बलेको छैन् भने तपाईले एटीएम प्रयोग गर्नबाट जोगिनु पर्छ । यस्तो अवस्थामा एटीएममा केही छेडछाड भएको हुनसक्छ ।
 
एटीएम पिन परिवर्तन गरिरहनुहोस्

तपाईंले समय समयमा आफ्नो एटीएमको पिन नम्बर परिवर्तन गरिरहनुपर्छ । यसबारे बैंकले पनि तपाईंलाई सल्लाह दिन्छ ।

एउटै पिन नम्बर लामो समयसम्म राख्नु सुरक्षित मानिँदैन् । त्यसकारण, एटीएम पिन परिवर्तन गरिरहनुहोस् र कुनै विशेष ढाँचा वा समान अंकहरूको पिन नबनाउनुहोस् । 

फरक फरक अंक हुने गरी र कसैले सजिलै अनुमान लगाउन नसक्ने गरी पिन सेट गर्नुपर्छ ।