कीवर्डहरू -

महिलाले नेतृत्व गरेका स्टार्टअप तथा परियाेजनाकाे प्रदर्शनी गर्दै दूरसञ्चार प्राधिकरण

महिलाले नेतृत्व गरेका स्टार्टअप तथा परियाेजनाकाे प्रदर्शनी गर्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तराष्ट्रिय दूरसंचार संघको आह्वानमा किशोरी तथा महिलाहरुबाट सिर्जित सूचना तथा सञ्चार प्रविधिमूलक प्रोजेक्ट वा स्टार्टअपहरुको प्रदर्शनी आयोजना गर्न लागेको छ ।

विश्वव्यापी रुपमा प्रत्येक बर्ष सूचना तथा सञ्चार प्रविधिमा महिला सहभागिता सम्बन्धी कार्यक्रम संचालन गर्ने सिलसिलामा प्राधिकरणबाट किशोरी तथा महिलाहरुबाट सिर्जित सूचना तथा सञ्चार प्रविधिमूलक प्रोजेक्ट वा स्टार्टअपहरुको प्रदर्शनी प्राधिकरणले आयोजना गर्न लागेको हो ।

प्राधिकरणले किशोरी वा महिलाहरूले नेतृत्व गरेका परियोजना वा स्टार्टअपको विवरण वैशाखको २३ गते देखि चार दिन भित्र यस लिंकमा क्लिक गरी उपलब्ध गराउन सम्बन्धित सबैलाई आह्वान गरेको छ । यस सम्बन्धमा थप जानकारी लिनुपरेमा फोन नं. : +९७७–१– ५३५५४७४, एक्टेन्सन३१८, फ्याक्स नं.:  +९७७–१ ५३५५२५० वा इमेलः [email protected] तथा वेवसाइट भिजिट गरी सम्पर्क गर्न सकिने प्राधिकरणले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।