कीवर्डहरू -

डाटा सेन्टर स्थापना गर्न बागमती प्रदेशले छुट्यायो २ करोड बजेट

डाटा सेन्टर स्थापना गर्न बागमती प्रदेशले छुट्यायो २ करोड बजेट

बागमती प्रदेशले डाटा सेन्टर स्थापना गर्न २ करोड बजेट विनियोजन गरेको छ । 

शनिबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेशस्तरको डाटा सेन्टर निर्माणको सम्भाव्यता अध्ययन, डाटा सर्भर खरिद, जडान र सञ्चालनका लागि २ करोड १० लाख रूपैयाँ बजेट व्यवस्था गरेको जानकारी दिएका हुन् । 

यस बाहेक आमसञ्चार तथा सूचना प्रविधि र साइबर सुरक्षा सचेतना अभिवृद्धि गर्न एवम् सामाजिक सञ्जाल समेतको प्रयोगलाई मर्यादित बनाउन कार्यक्रम सञ्चालन गरिने समेत बजेटमा उल्लेख गरिएको छ ।