बंगलादेशको स्टार्टअप कम्पनी प्रियोशपले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२५ जितेको छ ।
शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा प्रियोशपलाई सो अवार्ड प्रदान गरिएको हो ।
दक्षिण एशियाली देशहरूका उत्कृष्ट काम गरिरहेका स्टार्टअप र इन्नोभेसनलाई साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड प्रदान गरिन्छ ।
प्रियोशप डटकम लिमिटेड बंगलादेशको स्टार्टअप हो । यसले साना तथा मझौला खुद्रा व्यवसायीहरूलाई ब्रान्डहरूसँग सिधै जोड्दै उचित मूल्य, भरपर्दो स्टक आपूर्ति र छिटो डेलिभरी सुनिश्चित गर्दछ।
हाल प्रियोशप दैनिक उपभोग्य तथा घरेलु सामग्री श्रेणीमा रहेका १९० विशेष साझेदारसहित २८० भन्दा बढी अग्रणी ब्रान्ड तथा आपूर्तिकर्तासँग सहकार्य गर्दै आएको छ।
आईसीटी समाचार