कीवर्डहरू -

बीसीए विद्यार्थीले डीनलाई भनेः मानविकी संकायमा राख्दा आवेदन स्वीकृत भएन, पहल गर्नुपर्‍यो

बीसीए विद्यार्थीले डीनलाई भनेः मानविकी संकायमा राख्दा आवेदन स्वीकृत भएन, पहल गर्नुपर्‍यो

त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कोर्षलाई मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत राख्दा सरकारी सूचना प्रविधि अधिकृत पदमा आवेदन दिन स्वीकृत नभएपछि विद्यार्थीहरू डीन कार्यालय पुगेको छन् । 

बिहिबार मानविकी तथा सामाजिक विज्ञान संकायमा पुगेर बीसीए विद्यार्थीहरूले सूचना प्रविधि अधिकृत पदमा दिएको आवेदन स्वीकृत नभएको र अन्य आईटी कोर्ष सरह मान्यताका पहल गर्न माग गरेका हुन् । 

अन्य आईटी कोर्स सरहको मान्यताका लागि (लोक सेवा आयोग, बैंकिङ सस्थां, नेपाल प्रहरीको सूचना अधिकृत, नेपाल सेनाको सूचना अधिकृत, नेपाल टेलिकमको सूचना अधिकृत लगायत) मा आवश्यक पहल गरिदिन विद्यार्थीले डीन कार्यालयलाई अनुरोध गरेका छन् । 

त्रिविका बीएससी सीएसआईटी, बीआईटी, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयको बीसीए जस्ता कोर्षहरू सरहको पाठ्यक्रम हुँदा हुदै पनि विभिन्न सस्थांहरूले सहायक निर्देशक तृतीय (सूचना प्रविधि) स्नातकमा आईटी, कम्प्युटर इन्जिनियर वा सो सरहको कम्प्युटर विषय लिई उत्तीर्ण गरेको हुनुपर्ने छ भनेर विज्ञापन खोलिएको हुन्छ । तर त्रिविको बीसीए मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत भएकै कारण आवेदन स्वीकृति हुन नसकेको विद्यार्थीहरूको गुनासो छ । 

यस बाहेक विद्यार्थीहरूले हरेक सेमेस्टरको एकेडेमीक क्यालेन्डर अनिवार्य रूपमा सार्वजनिक गरिनुपर्ने, बीसीए एकेडेमीक क्यालेन्डरमा प्रत्येक ब्याचको परीक्षा सुरु हुने मिति महिना र हप्तामा स्पस्ट रुपमा हुनुपर्ने, कुनै पनि ब्याचको सेमेस्टर परीक्षा सकिएको ९० दिन भित्र नतिजा सार्वजनिक गरिनुपर्ने, ८ औं सेमेस्टरको अबको ५ दिन भित्र नतिजा सार्वजनिक गरिनु पर्ने, एमसीए कोर्स संचालनका लागि आवश्यक तदारुकता देखाइनु पर्ने माग गरेका छन् । 

माथि उल्लेखित मागहरुको ७ दिन भित्र न्यायोचित सम्बोधनको आशा र ध्यानाकर्षण नभए अन्यथा चरणबद्ध आन्दोलनमा उत्रने विद्यार्थीहरूले चेतावनी दिएका छन् । 

यो पनि पढ्नुहोस