कीवर्डहरू -

एनएफटी र आर्टमा एक्सक्लुसिभ भर्चुअल कार्यक्रम हुँदै, यसरी हुनुहोस् सहभागी

एनएफटी र आर्टमा एक्सक्लुसिभ भर्चुअल कार्यक्रम हुँदै, यसरी हुनुहोस् सहभागी

ब्लकचेन कम्युनिटी नेपालले एनएफटी एण्ड आर्टमा एक्सक्लुसिभ भर्चुअल इभेन्ट गर्ने भएको छ । आगामी १४ जुनमा ‘द इन्टरसेक्सन अफ आर्ट एण्ड ब्लकचेनः हाउ एनएफटिज आर रिभोलुस्नाइजिङ द क्रियटिभ इन्डष्ट्री’ विषयमा भर्चुअल कार्यक्रम गर्न लागेको हो । 

जेठ ३२ गते शुक्रबार दिउँसो ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने कार्यक्रममा ब्लकचेन प्रविधिमा रूची राख्ने, डेभलपर र कलाप्रेमीहरूको सहभागीता रहने छ । 

सहभागीले ब्लकचेन प्रविधिमा भएका अवसर र यसले कला उद्योगलाई कता लैजादै छ भन्ने बारे जानकारी पाउने जनाइएको छ ।

कार्यक्रममा अतिथि वक्ताको रूपमा एनएफटी आर्टिस्ट छिबिगार्डियन्सको उपस्थिति हुनेछ । उनले एनएफटी यात्रा र इन्साइटको बारेमा आफ्नो भनाइ राख्ने छिन् । 

यस कार्यक्रममा सहभागी हुनका लागि यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सकिने छ ।