कीवर्डहरू -

सरकारी कम्प्युटरमा इन्टेल र एएमडीको प्रोसेसर प्रयोग गर्न चीनको प्रतिबन्ध

सरकारी कम्प्युटरमा इन्टेल र एएमडीको प्रोसेसर प्रयोग गर्न चीनको प्रतिबन्ध

चीनले सरकारी कम्प्युटरमा इन्टेल र एएमडीको प्रोसेसर प्रयोगमा प्रतिबन्ध लगाएको छ । चीनले सरकारी कम्प्युटर तथा सर्भरमा इन्टेल र एएमडीको प्रोसेसर प्रयोग प्रतिबन्ध लगाएको हो । 

सरकारी एजेन्सीहरूले इन्टेल र एएमडीको चिपको साटो डोमेन्स्टिक प्रोसेसर प्रयोग गर्नुपर्नेछ । यसका लागि चीनले १८ वटाको नाम स्वीकृत गरेको छ, जसमा ह्वावे, पाइटिएम चीप समेत समावेश रहेका छन् । 

गत डिसेम्बरमै चीनले नयाँ नियम ल्याए पनि लागु भने हालैबाट हुन थालेको हो । यद्यपी सरकारी तथा निजी क्षेत्रमा कति चिप प्रयोग गरिन्छ भन्नेमा कुनै स्पष्टता छैन् । 

चीनको यो नीतिले इन्टेल र एएमडीको व्यवसायमा धक्का पुग्ने छ । गत वर्ष इन्टलेटको ५४ बिलियन डलर बिक्रीको २७ प्रतिशत र एएमडीको २३ बिलियन डलर आम्दानीको १५ प्रतिशत हिस्सा चीन थियो । 

अमेरिकामा निर्मित प्रविधिलाई प्रतिबन्ध लगाउने चीनको यो आक्रामक कदम हो । गत वर्षदेखि चीनले संवेदनशीले पूर्वाधारमा स्थानीय चिप माइक्रोन प्रयोग गर्न थालेको छ । 

पछिल्लो समय प्रविधिमाथि प्रतिबन्ध लगाउने मामिलामा अमेरिका र चीनबीच प्रतिस्पर्धा जारी छ । अमेरिकाले चिनियाँ चीप निर्मातादेखि एरोस्पेश फर्मसम्म प्रतिबन्ध लगाएको छ । 

यसका साथै बाइडेन प्रशासनले चीनमा एआई लगायतका अन्य चीप बिक्री गर्न एनभीडियालाई प्रतिबन्ध लगाएको छ । आधुनिक प्रोसेसर निर्माणमा अमेरिका, जापान र नेदरलयाण्डको प्रभूत्व छ । यी राष्ट्रहरू एएसएल, निकोन र टोकिया इलेक्ट्रोनबाट लिथियोनोग्राफी मेसिनको निर्यात नियन्त्रमा कडान गर्न सहमत भएका छन् । 

यी यस्ता कडाईका बाबजुद पनि बाइडु, ह्वावे, साओमी, ओप्पो लगायतका चीनियाँ कम्पनी भविष्यका लागि आफ्नै सेमिकन्डक्टर डिजाइन गर्न थालिसकेका छन् ।