कीवर्डहरू -

चिनियाँ विद्युतीय सवारीसाधनमाथि थप ३८ प्रतिशतसम्म कर लगाउने तयारीमा युरोपियन युनियन

चिनियाँ विद्युतीय सवारीसाधनमाथि थप ३८ प्रतिशतसम्म कर लगाउने तयारीमा युरोपियन युनियन

युरोपियन युनियनले चिनियाँ विद्युतीय सवारीसाधनमा ३८ प्रतिशतसम्म अतिरिक्त कर लगाउने भएको छ । स्थानीय उत्पादकलाई सुरक्षित गर्न युनियनले चिनियाँ विद्युतीय सवारीसाधनमा थप कर लगाउन लागेको हो । 

द न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार युरोपियन युनियनले चिनियाँ कार निर्मातालाई थप कर बारे चेतावनी दिइसकेको छ । 

थप कर उत्पादन कम्पनीहरू अनुसार फरक फरक लाग्ने छ, जुन १० प्रतिशतभन्दा माथि हुनेछ । रिपोर्टका अनुसार बीवाईडी र गिलीका विद्युतीय सवारीमा १७ देखि २० प्रतिशतसम्म थप कर लाग्ने छ । 

यस्तै एसएआईसीलाई थप ३८ प्रतिशत कर लाग्ने छ । अन्य कम्पनीहरूमाथिको कर, सवारीसाधन उत्पादनका लागि चिनियाँ सरकारको अनुदान पाएका छन् कि छैनन् भन्नेमा निर्भर रहने छ । यसका लागि युरोपियन युनियनले अनुसन्धान अगाडि बढाएको छ । 

किनभने चिनियाँ सरकारको अनुदान पाएका कम्पनीले युरोपियन प्रतिस्पर्धीभन्दा कम मूल्यमा सवारीसाधन बिक्री गरिरहेका छन् । 

छानबिनमा सहयोग गर्ने कम्पनीलाई २१ प्रतिशत र छानबिनमा सहयोग नगर्ने कम्पनीलाई ३८ प्रतिशत अतिरिक्त कर लगाइने जनाइएको छ । आगामी जुलाई ४ देखि नयाँ ट्यारिफ लागु हुनेछ ।