कीवर्डहरू -

एडब्लुएसको ट्रेनिङ पार्टनरमा जेनेस एकेडेमी, क्लाउड शिक्षालाई नयाँ उचाइमा पुर्‍याउँने दावी

एडब्लुएसको ट्रेनिङ पार्टनरमा जेनेस एकेडेमी, क्लाउड शिक्षालाई नयाँ उचाइमा पुर्‍याउँने दावी

अमेजन वेब सर्भिसेस (एडब्लुएस) को नेपालको ट्रेनिङ पार्टनरको रूपमा जेनेस एकेडेमी आवद्ध भएको छ । जेनेस एकेडेमी नेपालको एक मात्र आधिकारिक एडब्लुएसको तालिम साझेदार भएको हो । 

जेनेस एकेडेमीकी प्रबन्ध निर्देशक आस्था शर्माले एडब्लुएसको ट्रेनिङ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हर्षित भएको बताइन् । 

‘क्लाउड सम्बन्धि उच्च गुणस्तरको शिक्षा प्रदान गर्न र विद्यार्थीहरूलाई क्लाउड कम्प्युटिङको द्रुत रूपमा विकसित भइरहेको क्षेत्रमा उत्कृष्टता हासिल गर्न आवश्यक सीपहरू प्रदान गर्ने हाम्रो समर्पणमा महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ उनले भनिन् ।  

यसँगै क्लाउड कम्प्युटिङमा प्रशिक्षण प्रदान गर्न र संस्थालाई एडब्लुएस शिक्षाको लागि प्रमुख गन्तव्यको रूपमा स्थापित गर्ने जेनेस एकेडेमीले जनाएको छ । जेनेस एकेडेमीले उच्च-गुणस्तर, ह्यान्ड्स-अन प्रशिक्षण प्रदान गर्ने र अर्को पुस्तालाई क्लाउड सम्बन्धि शिक्षित गर्न सघाउने कम्पनीको प्रतिबद्धता छ । 

एडब्लुएस तालिम साझेदारको रूपमा जेनेस एकेडेमीले आफ्ना विद्यार्थी, कर्मचारी र बृहत् समुदायलाई अत्याधुनिक पाठ्यक्रममा पहुँच, प्रमाणीकरण र नेटवर्किङको अवसर प्रदान गर्नेछ ।