कीवर्डहरू -

नेपाली बजारमा आउँदै नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम, भेन्डरलाई २४ घण्टाभित्रै भुक्तानी

नेपाली बजारमा आउँदै नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम, भेन्डरलाई २४ घण्टाभित्रै भुक्तानी

नेपाली बजारमा नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम आउने भएको छ । आउँदो मार्च १ देखि भरोसा नेटवर्कले मोतलोत डटकम औपचारिक रूपमा सार्वजनिक गर्न लागेको हो । 

साना साना नेपाली व्यवसायलाई प्लेटफर्म दिन मोलतोल डटकम सुरू गर्न लागेको कार्यकारी प्रमुख प्रितेश शाक्यले बताए । ‘साना साना नेपाली व्यवसायलाई प्लेटफर्म दिन मोलतोल ल्याउँदै छौं,’ उनले भने, ‘मोतलोतले सस्तो र गुणस्तरीय सेवा ग्राहकहरूलाई प्रदान गर्नेछ ।’

मोलतोल डटकम औपचारिक रूपमा सुरू नभएपनि यसले सेवा दिन भने थालिसकेको छ । अहिले दैनिक ८० देखि १०० को बीचमा अर्डरहरू आइरहेका छन् । 

यसमा भेन्डरहरूले २४ घण्टाभित्रै पेमेन्ट पाउने छन् । अहिलेलाई काठमाडौं उपलब्ध रहेको मोलतोलको सेवा देशैभरि विस्तार गर्ने कम्पनीको योजना छ । 

देशमै केही गर्ने उद्देश्यले युवाहरू गौरव मानन्धर, निरज मानन्धर र भुलन लाखेको लगानीमा मोलतोल सुरू हुन लागेको हो । 

मोततोलबाट ५०० रूपैयाँ बढीमा सामान अनलाइन अर्डर गर्दा निःशुल्क डेलिभरी हुने शाक्यको भनाइ छ । त्योभन्दा कम मूल्यको समान खरिदमा ५० देखि ७५ रूपैयाँसम्म डेलिभरी शुल्क लाग्ने छ । शुल्क भुक्तानीका लागि क्यास अन डेलिभरी, मोबाइल बैंकिङ, कनेक्ट आईपीएस लगायतको सुविधा रहेको छ ।

अहिलेलाई मोलतोलमा दैनिक उपभोग्य सामानहरू रहेका छन् । विस्तारै यसमा अन्य सामानहरू थप गर्दै अनलाइन शपिङको एउटै गन्तव्य मोलतोललाई बनाउने जानकारी दिए । 

अहिले ग्राहकहरूलाई मात्रै सेवा दिदै आएको मोलतोलले भविष्यमा व्यावसायलाई पनि सेवा दिने योजना बनाएको छ । व्यवसाय दर्ता, बैंक खाता भएका व्यवसाहरूले मोलतोलमा आफ्नो सामान राख्न सक्ने छन् । त्यसका लागि पनि अनलाइनबाटै आवेदन दिन सकिने छ ।