कीवर्डहरू -

सफल युट्युब च्यानलका लागि यी ११ गल्तीहरूबाट बच्नुस्

सफल युट्युब च्यानलका लागि यी ११ गल्तीहरूबाट बच्नुस्

आजकाल युट्युब च्यानलहरूका माध्यमबाट क्रिएटर्स धेरै कमाइ गर्दैछन् ।  धेरै मानिसहरूले आफ्नो जागिर छोडेर युट्युब च्यानल सञ्चालन गर्न थालेका छन् । तर, एक क्रिएटरको रूपमा यो धेरै महत्त्वपूर्ण हुन्छ कि तपाईंको च्यानल हरेक हिसाबले उत्कृष्ट होस् । मात्र तब राम्रो कमाइ सम्भव हुन्छ । यस्तो अवस्थामा यहाँ हामी तपाईंलाई ती गल्तीहरूको बारेमा बताउन गइरहेका छौँ, जसलाई एक क्रिएटरको रूपमा तपाईंले गर्नुहुँदैन् । आउनुहोस् जानौं ।

एसईओ (सर्च इन्जिन अप्टिमाइजेशन)लाई बेवास्ता गर्नु

  • टाइटल, डिस्क्रिप्शन र ट्यागहरूमा उचित कीवर्डहरूको प्रयोग नगर्नु ।
  • ट्रेन्डिङ वा सान्दर्भिक टपिक्समा अनुसन्धान नगर्नु । 
  • अस्पष्ट वा क्लिकबेट टाइटल लेख्नु जो कन्टेन्टसँग मेल खाँदैनन् ।

खराब कन्टेन्ट क्वालिटी

  • कम गुणस्तरको अडियो र भिडियोले दर्शकलाई टाढा लैजान सक्छ ।
  • खराब एडिटिङ, भिडियोलाई धेरै लामो वा बोरिङ बनाउनु ।
  • पहिलो १० सेकेन्डमा दर्शकलाई आकर्षित नगर्नु ।

सही अपलोड सेड्युल नहुनु

  • अनियमित वा धेरै कम अपलोड गर्नुले दर्शकहरूको संलग्नता घटाउँछ ।
  • निरन्तरता कायम राख्न कन्टेन्ट क्यालेन्डरको प्रयोग नगर्नु ।

दर्शक संलग्नतालाई बेवास्ता गर्नु

  • कमेन्टहरूको उत्तर नदिनु वा दर्शकसँग अन्तरक्रिया नगर्नु ।
  • लाइक, कमेन्ट र सब्स्क्रिप्सनको लागि आग्रह नगर्नु ।
  • फ्यानहरूलाई संलग्न गराउन कम्युनिटी पोस्ट्स वा पोलहरू नगर्नु ।

भिडियोमा विज्ञापनहरू अत्यधिक लोड गर्नु

  • धेरै मिड–रोल विज्ञापनहरूले दर्शकलाई हैरान बनाउन सक्छ र ड्रप–अफको कारण हुन सक्छ ।
  • केवल एडसेन्स मााथि निर्भर हुनु र अन्य आम्दानी स्रोतहरू (स्पोन्सरशिप, मेम्बरशिप आदि) बेवास्ता गर्नु ।

खराब थम्बनेल र टाइटल डिजाइन

  • एक नीरस वा भ्रामक थम्बनेलले क्लिक–थ्रु रेट घटाउँछ ।
  • धेरै सामान्य टाइटलहरूले क्लिकहरू आकर्षित गर्दैनन् ।

मल्टिपल आम्दानी स्ट्रिम्सको फाइदा नउठाउनु

  • आम्दानीका विभिन्न स्रोतहरूको सट्टा केवल युट्युब एडसेन्समा निर्भर हुनु ।
  • ब्रान्ड स्पोन्सरशिप, एफिलिएट मार्केटिङ, मेम्बरशिप वा मर्चेन्डाइज बेच्न बेवास्ता गर्नु ।

युट्युब नीतिहरूको उल्लङ्घन गर्नु

  • बिना अनुमति कपीराइटेड संगीत वा फुटेजको प्रयोग गर्नु ।
  • कम्युनिटी गाइडलाइन स्ट्राइकका कारण डिमोनिटाइज हुनु । 
  • विवादास्पद वा गलत कन्टेन्ट पोस्ट गर्नु, जसले विज्ञापनहरू सीमित गर्छ ।

भिडियोलाई ठीकसँग प्रमोट नगर्नु

  • सामाजिक सञ्जाल वा सान्दर्भिक फोरममा भिडियो सेयर नगर्नु ।
  • युट्युबका आफ्नै टुल्स जस्तै सट्र्स र कम्युनिटी पोस्ट्सको प्रयोग नगर्नु ।
  • अन्य क्रिएटर्ससँग कोलाबोरेशन नगर्नु ।

एनालिटिक्स नबुझ्नु

  • वाच टाइम, अडियन्स रिटेन्सन र क्लिक–थ्रु रेट जस्ता मेट्रिक्स बेवास्ता गर्नु ।
  • दर्शकहरूले प्रतिक्रिया दिएको आधारमा प्रयोग नगर्नु ।

धेरै छिटो हार मान्नु

  • छिटो सफलता चाहनु र मोटिभेसन गुमाउनु । 
  • फिडब्याक र एनालिटिक्सका आधारमा सुधार नगर्नु ।

एक युट्युब च्यानललाई आर्थिक रूपमा सफल बनाउन रणनीति, धैर्यता र निरन्तरता आवश्यक हुन्छ । तपाईं चाहे प्रोफेशनल हुनुहोस् वा नयाँ क्रिएटर, माथि बताइएका गल्तीहरू कहिल्यै नगर्नुहोस् ।