आजको डिजिटल युगमा अनलाइन सपिङ, बैंकिङ, र अन्य सेवाहरूको लागि वेबसाइटहरूको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ ।
तर, साइबर अपराधहरूको बढ्दो घटनाका कारण सुरक्षित (सिक्योर) वेबसाइटहरूको मात्र प्रयोग गर्नु आवश्यक भएको छ ।
असुरक्षित वेबसाइटमार्फत तपाईंको व्यक्तिगत तथा वित्तीय डेटा चोरी हुन सक्छ, त्यसैले कुनै वेबसाइट सुरक्षित छ वा छैन भनेर चिन्ने तरिका जान्नु जरुरी छ । यहाँ हामी तपाईंलाई तीन प्रमुख तरिकाहरू बताउनेछौँ ।
१. एचटीटीपीएस प्रोटोकल जाँच गर्नुहोस्
यदि कुनै वेबसाइटको यूआरएल 'https://' बाट सुरू हुन्छ भने, यसको अर्थ वेबसाइट सुरक्षित छ । “एस“ को अर्थ “सिक्योर“ हो, जसले देखाउँछ कि साइट एसएसएल (सिक्योर सकेट्स लेयर) सर्टिफिकेटद्वारा सुरक्षित छ । असुरक्षित वेबसाइटहरू 'http://' बाट सुरू हुन्छन्, जसको प्रयोग नगर्नु राम्रो हुन्छ ।
२. प्याडलक (ताला) चिह्न जाँच गर्नुहोस्
ब्राउजरको एड्रेस बारमा वेबसाइटको यूआरएलको बाँया पट्टि सानो ताला चिह्न देखिन्छ भने, वेबसाइट सुरक्षित भएको संकेत गर्छ । यदि यो ताला देखिँदैन वा कुनै चेतावनी सन्देश आउँछ भने, वेबसाइट असुरक्षित हुन सक्छ ।
३. वेबसाइटको डोमेन र विवरण जाँच गर्नुहोस्
धेरै नक्कली वेबसाइटहरू वास्तविक साइटजस्तै देखिन्छन्, तर तिनका डोमेन नाममा साना परिवर्तन भएका हुन्छन् (जस्तै दराज.कम)। त्यसैले, वेबसाइटको डोमेन ध्यानपूर्वक जाँच गर्नुहोस् । साथै 'अबाउरट अस' वा 'कन्ट्याक्ट' पेजमा गएर त्यस वेबसाइटको मालिक र विश्वसनीयता पुष्टि गर्न सकिने छ ।