कीवर्डहरू -

दराज नेपालको ‘८.८ ग्रेट एट सेल’ शुक्रबारदेखि, नि:शुल्क डेलिभरीदेखि ७० प्रतिशतसम्म छुट

दराज नेपालको ‘८.८ ग्रेट एट सेल’ शुक्रबारदेखि, नि:शुल्क डेलिभरीदेखि ७० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतीक्षित ‘८.८ ग्रेट एट सेल’ सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार साउन २२ गते राति ८ बजेदेखि साउन २७ गतेसम्म (अगस्ट ७–१२, २०२६) सञ्चालन हुने अभियानमा ग्राहकले ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी, डिजिटल भुक्तानीमा अतिरिक्त बचत तथा दैनिक उपहार जित्ने अवसर पाउनेछन् ।

दराजका अनुसार अभियान अवधिभर ५० लाख रुपैयाँ बराबरका भौचर वितरण गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लोकप्रिय ब्रान्डका उत्पादनमा विशेष छुट उपलब्ध हुनेछ । प्लाटिनम ब्रान्ड पार्टनरअन्तर्गत होनासा र बेयर एनाटमीका उत्पादनमा १० प्रतिशतसम्म, गोल्ड ब्रान्ड पार्टनर ब्रान्डहाउसका उत्पादनमा ६० प्रतिशतसम्म तथा सिल्भर ब्रान्ड पार्टनर न्यूलाइट, यूग्रिन, जीएनसी र बियर्डोका चयनित उत्पादनमा ७० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ ।

किनमेललाई थप आकर्षक बनाउन अभियान अवधिभर ‘ब्रान्ड रश आवर’ सञ्चालन गरिनेछ । अभियान सुरु हुने दिन अगस्ट ७ को राति ८ बजेदेखि अगस्ट ८ को बिहान २ बजेसम्म पहिलो विशेष सेसन हुनेछ भने अगस्ट ९ देखि १२ सम्म हरेक दिन बेलुका ८ बजेदेखि १० बजेसम्म ब्रान्ड रश आवर सञ्चालन गरिनेछ । यस अवधिमा ७५ भन्दा बढी प्रतिष्ठित ब्रान्डका उत्पादनमा विशेष छुट उपलब्ध हुने कम्पनीको दाबी छ । दैनिक फ्ल्यास सेलमार्फत पनि सीमित अवधिका आकर्षक अफर उपलब्ध गराइनेछ ।

दराजले ईसेवासँगको सहकार्यमा डिजिटल भुक्तानीमा पनि अतिरिक्त छुटको व्यवस्था गरेको छ । अगस्ट ७ को राति ८ बजेदेखि मध्यरातसम्म ईसेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) छुट पाइनेछ । त्यस्तै, अगस्ट ८ देखि ११ सम्म हरेक दिन बेलुका ८ देखि १० बजेसम्म ईसेवामार्फत खरिद गर्दा ९ प्रतिशतसम्म (अधिकतम १५० रुपैयाँ) अतिरिक्त छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

अभियानको अर्को आकर्षण ‘डेली मिस्ट्री डिल्स एन्ड गिभअवेज’ रहनेछ । यसअन्तर्गत हरेक दिन एक जना भाग्यशाली ग्राहकले करिब १५ हजार रुपैयाँ बराबरको पुरस्कार जित्ने अवसर पाउनेछन् । ग्राहकले दराज नेपालको आधिकारिक इन्स्टाग्राम पेजमा सार्वजनिक गरिएका ‘मिस्ट्री’ उत्पादनको सही अनुमान गरी सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।

दराजले आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा अतिरिक्त बचत, नि:शुल्क डेलिभरी र दैनिक पुरस्कार कार्यक्रमसहित ‘८.८ ग्रेट एट सेल’ यस सिजनकै सबैभन्दा ठूलो तथा लाभदायी अनलाइन किनमेल अभियानमध्ये एक हुने विश्वास व्यक्त गरेको छ ।