कीवर्डहरू -

‘डिजिटल समावेशीताका लागि डिजिटल साक्षरतामा जोड दिन आवश्यक छ’

‘डिजिटल समावेशीताका लागि डिजिटल साक्षरतामा जोड दिन आवश्यक छ’

डिजिटल समावेशीताका लागि डिजिटल साक्षरता आवश्यक भएको सरोकारवालाहरूले बताएका छन् । 

आईतबारदेखि ललितपुरमा सुरू भएको दक्षिण एशिया महिला सम्मेलन २०२४ को ‘लैङ्गिक असमानता कम गर्नका लागि डिजिटल समावेशीता’ विषयक शत्रमा बोल्ने वक्ताहरूले पछिल्लो समय डिजिटल डिभाइसको पहुँच बढ्दै गएसँगै महिला र पुरूषबीचको डिजिटल असमानत कम गर्न डिजिटल साक्षरतामा जोड दिनुपर्ने धारणा राखेका हुन् ।

‘लैङ्गिक असमानता कम गर्नका लागि डिजिटल समावेशी’ विषयक शत्रमा वक्ताको रूपमा एशिया फाउन्डेसन इन्डियाकी कन्ट्री प्रतिनिधि नन्दिता बुरुआह, सर्वांगीन विकास अध्ययन संस्थान (आईआईडीएस) की परामर्शकर्ता डा. अम्रिता शर्मा, साउथ एशिया फाउन्डेसन इन्डियाका सञ्चालन निर्देशक सुनिल बिन्जोजोला, शिक्वल फाउन्डेसनकी प्रबन्ध निर्देशक मिलिसा घिमिरे, अलोई टेक्नोलपोजीजकी सह-संस्थापक सोनिका मानन्धरले र उर्जा नेपालकी टिम लिड उषा खतिवडा रहेका थिए । उक्त शत्रको सहजीकरण आईडीआई नेपालका निर्देशक रोशन घिमिरेले गरेका थिए । 

कार्यक्रममा बोल्दै द एशिया फाउन्डेसन इन्डियाकी कन्ट्री प्रतिनिधि नन्दिता बुरुआहले दक्षिण एशियामै डिजिटल ग्याप रहेको भन्दै डिजिटल प्रविधिको उचित प्रयोगका लागि साक्षरतामा काम गर्नुपर्ने बताइन् । ‘महिलाहरूमा डिजिटल प्रविधिको पहुँच र साक्षरता दुबै बढाउनु पर्छ,’ उनले भनिन, ‘अब महिलाहरूले नै महिलाहरूका लागि कन्टेन्ट बनाउनु पर्छ ।’

सूचना प्रविधिको क्षेत्रमा महिलाहरूको संख्या एकदमै कम छ । महिला र पुरूषबीच डिजिटल डिभाइड पनि उत्तिकै छ । सूचना प्रविधि क्षेत्रमा महिलाको संख्या पनि न्यून छ । कार्यक्रममा सर्वांगीन विकास अध्ययन संस्थान (आईआईडीएस) की परामर्शकर्ता डा. अम्रिता शर्माले सूचना प्रविधिमा महिलाको सहभागीता कम भएको र त्यसका लागि परिवार, विश्वविद्यालय, उद्योग र सरकारी सहकार्य गर्नुपर्ने धारणा राखिन । 

यस्तै उक्त शत्रमा बोल्दै साउथ एशिया फाउन्डेसन इन्डियाका सञ्चालन निर्देशक सुनिल बिन्जोजोलाले पनि डिजिटल साक्षरतामा जोड दिए । उनले अगाडि भने, ‘मोबाइलको माध्यमबाट इन्टरनेटको पहुँच गाउँसम्म पनि पुगेको छ । तर तालिम, सहयोग र गाइडेन्सको अभावमा उचित प्रयोग हुन सकेको छैन् ।’

नेपालमा अधिकांश जनसंख्या माझ स्मार्टफोनको पहुँच पुगेको छ । तर त्यसको धेरै प्रयोग सामाजिक सञ्जाल चलाउनमै भइरहेको हुन्छ । यदी स्मार्टफोनको उचित प्रयोग बारे ज्ञान दिने हो भने त्यसबाटै आम्दान गर्न सकिन्छ र डिजिटल अर्थतन्त्रमा समेत टेवा पुर्याउन सकिन्छ । शिक्वल फाउन्डेसनकी प्रबन्ध निर्देशक मिलिसा घिमिरेले डिजिटल डिभाइसको पहुँच भएपनि सही प्रयोग बारे ज्ञान नभएको बताउँछिन् । 

यसैगरी अलोई टेक्नोलपोजीजकी सह-संस्थापक सोनिका मानन्धरले महिलाहरूसँग स्मार्टफोन भएपनि त्यसको राम्रोसँग सदुपयोग हुन नसकेको बताइन् । 

कार्यक्रममा बोल्दै उर्जा नेपालकी टिम लिड उषा खतिवडाले डिजिटल डिभाइस भएर मात्रै नपुग्ने बताउँदै त्यसको समान र प्रभावकारी प्रयोग हुनुपर्नेमा जोड दिइन । कार्यक्रमको अन्त्यमा सहजकर्ता रोशन घिमिरेले डिजिटल साक्षरतामा जोड दिदै आर्थिक सशक्तिकरणका लागि भूमिका खेल्नुपर्ने बताए ।