कस्टम यूआरल युट्युब च्यानललाई एक्सेस गर्नको लागि सबैभन्दा सरल र सजिलै सम्झन योग्य वेब एड्रेस मानिन्छ । यसको प्रयोग गर्दै युट्युब च्यानललाई सिधै एक्सेस गर्न सकिन्छ ।
साथै यसलाई आफ्ना साथीहरूसँग पनि शेयर गर्न सकिन्छ । सामान्यतया, कस्टम यूआरएल तपाईंको बनाएको च्यानलको नाममा आधारित हुन्छ ।
उदाहरणका लागि :
youtube.com/yourcustomname
youtube.com/@/yourcustomname
यदि तपाईं युट्युबमा कहिल्यै आफ्नो च्यानल एक्सेस गर्न चाहनुहुन्छ भने, तपाईंलाई यो डिफल्ट रूपमा गर्नमा अलिकति समस्या हुन सक्छ किनकि यूआरएल याद गर्न गाह्रो हुने अल्फान्युमेरिक नम्बरबाट बनेको हुन्छ । तर तपाईं कस्टम यूआरएलमार्फत आफ्नो च्यानललाई आफ्नो इच्छाअनुसार परिमार्जन गर्न सक्नुहुन्छ ।
उदाहरणः डिफल्ट
youtube.com/channel/UCxAHR…
youtube.com/channel/UCO60L…
यस प्रकार, तपाईंले कस्टम यूआरएल बनाउन सक्नुहुन्छ र यो तपाईंको मनपर्ने छोटो यूआरएल वा वेब एड्रेस हुन सक्छ । यसलाई सम्झन धेरै गाह्रो हुँदैन र तपाईं कस्टम यूआरएलको मद्दतले आफ्नो च्यानललाई सजिलै एक्सेस गर्न सक्नुहुन्छ ।
यससँगै यसको विशेष कुरा यो हो कि कस्टम यूआरएललाई वर्षमा दुई वा तीन पटक मात्र परिवर्तन गर्न सकिन्छ र तपाईं नयाँ कस्टम यूआरएल बनाउन सक्नुहुन्छ । पुरानो च्यानल हटाएको ७२ घण्टापछि, तपाईं नयाँ अकाउन्टका लागि कस्टम यूआरएल सेट गर्न सक्नुहुन्छ ।
कस्टम युट्युब च्यानल यूआरएल बनाउँदा के फाइदा हुन्छ?
कस्टम युट्युब च्यानल यूआरएल बनाउँदा एउटा मात्र होइन, धेरै फाइदा हुन्छ:
– सम्झन सजिलो
– उच्चारण गर्न सजिलो
– शेयर गर्न सहज
– मार्केट गर्न सजिलो
– ब्रान्ड निर्माणमा सहयोगी
– ब्रान्डलाई चिन्न सहयोगी
– एसईओमा सहयोगी
– ब्रान्डको प्रामाणिकता
– सजिलै पहुँचयोग्य
– अनौठो पहिचान
– र्यान्डम नम्बरभन्दा राम्रो
यदि तपाईं कस्टम युट्युब च्यानल यूआरएल बनाउन चाहनुहुन्छ भने, तपाईंले केही आवश्यक शर्तहरू पूरा गर्नुपर्ने हुन्छः – तपाईंको युट्युब च्यानलमा १०० वा बढी सदस्यहरू वा सब्स्क्राइबर हुनुपर्छ।
– तपाईंको युट्युब च्यानल कम्तिमा ३० दिन पुरानो हुनुपर्छ ।
– तपाईंको च्यानलमा प्रोफाइल फोटो हुनुपर्छ ।
– तपाईंको च्यानलमा ब्यानर इमेज अपलोड गरिएको हुनुपर्छ ।
कस्टम युट्युब च्यानल यूआरएल कसरी सेट गर्ने ?
कस्टम युट्युब च्यानल यूआरएल सेट गर्नका लागि तलका स्टेपहरू पालना गर्नुपर्नेछ:
पहिलो चरणमा, युट्युब स्टुडियोमा साइन इन गर्नुहोस् । त्यसपछि बायाँपट्टि रहेको मेनुमा 'कस्टम मेड कन्टेन्ट' छान्नुहोस् । यसपछि च्यानलको यूआरएलमा गएर 'सेट कस्टम यूआरएल' को विकल्पमा क्लिक गर्नुहोस् । तपाईंको च्यानलको नाममा आधारित कस्टम यूआरएल छानेर केही शब्दहरू थप्न सक्नुहुन्छ ।
त्यसपछि पब्लिसमा क्लिक गरेर आफ्नो कस्टम यूआरएल पुष्टि गर्नुहोस् ।
कस्टम यूआरएल हटाउन के गर्नुपर्छ?
युट्युब स्टुडियोमा साइन इन गर्नुहोस् । त्यसपछि मेनुबाट सामग्री छनोट गर्नुहोस् । कस्टम यूआरएलको तल रहेको डिलिटमा क्लिक गर्नुहोस् । यसरी तपाईंको कस्टम यूआरएल हटनेछ, तर पुरानो कस्टम यूआरएल मेटिन केही दिन लाग्न सक्छ ।