कीवर्डहरू -

बालकुमारीमा डोफे ईभीको शोरुम सञ्चालनमा

बालकुमारीमा डोफे ईभीको शोरुम सञ्चालनमा

त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोफे इलेक्ट्रिक भेहिकल्सको लागि शोरुम संचालनमा ल्याएको छ ।

त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डो·फे· अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भएपश्चात कंपनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो।

डो·फे· अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरुमा बिक्री वितरण हुँदै आएको छ ।

हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट, १४ सिट क्षमताको डो·फे· इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो भ्यानहरु बिक्री वितरण सुरु गरेको छ ।

विजुली गाडीको प्रबर्द्धनमार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सबै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्पले लिएको जनाएको छ।

११ सिट क्षमताको ई.भी. माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि.मी रेञ्ज प्रदान गर्दछ। त्यसैगरी १४ सिट क्षमताको ई.भी. माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि.मी. को रेञ्ज प्रदान गर्दछ । डो·फे· का सबै इलेक्ट्रिक भ्यानहरुमा सि.ए.टी.एल. व्याट्रि जडित रहेका छन् ।

कम्पनीले उक्त रेञ्जहरु ४० कि.मी. प्रती घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ई.भी. संचालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० किमीको रेञ्ज सजिलै पाईने जनाएको छ।

त्रिवेणी मोटोकर्पले डो·फे· इलेक्ट्रिक भ्यानहरु नेपालभरी बिक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको छ। सवै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कम्पनीले जनाएको छ।

कम्पनीले ग्राहकहरुलाई चार्जिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ चार्जिङ्ग स्टेशनहरु आफ्ना डिलर नेटवर्कमा विस्तार गरिरहेको छ साथै भविष्यमा आवश्यकता अनुसार चार्जिङ्ग स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ।

त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको र आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ।