कीवर्डहरू -

सञ्चालनमा आयो ई-कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’, आईटी प्रडक्टको भरपर्दो गन्तव्य बन्ने लक्ष्य

सञ्चालनमा आयो ई-कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’, आईटी प्रडक्टको भरपर्दो गन्तव्य बन्ने लक्ष्य

ई-कमर्स प्लेटफर्म डिजिटल साहुजी सञ्चालनमा आएको छ । आईटी सम्बन्धि प्रडक्टहरू मात्रै डेलिभर गर्ने उद्देश्यले डिजिटल साहुजी सञ्चालनमा आएको हो ।  

मेक इन नेपाल इनिसिएटिभलाई सघाउँदै स्थानीय प्रतिभा र उद्योगहरुलाई सवलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित सात वर्षको मिहिनेतपश्चात डिजिटल साहुजी सुरू भएको संस्थापक तथा सिईओ राजन न्यौपानेले बताए । 

‘आईटी प्रडक्ट्सका लागि एउटा विश्वासिलो र सुरक्षित इकमर्स प्लेटफर्म बन्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘हाम्रो भिजन भनेको हरेक व्यक्तिका लागि आईटी शपिङलाई सहज र पहुँचयोग्य बनाउने मात्र नभई उहाँहरुको शपिङ, सिकाइ र व्यावसायिक यात्रालाई सहयोग पुयाउने पनि हो।’ 

डिजिटल साहजी नेपालमा विगत १७ वर्षयता क्वालिटी आईटी प्रडक्ट डेलिभरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रुपमा रहेको छ। डिजिटल साहुजीको कर्पोरेट कार्यालय काठमाडौँको दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको छ । 

डिजिटल साहुजीको डिलरबाट सामान भेरिफाई गरी खरिद गर्न पाउने सुविधा दिनेछ । डिजिटल साहुजीबाट सामान खरिद गर्दा ग्राहकहरुले कस्टुमर सपोर्टको लागि सहज पहुँच, छिटो र सुरक्षित डेलिभरीका साथै नेपालभर जुनसुकै डिजिटल साहुजीका डिलरहरुबाट एक्सचेन्ज र वारेन्टी लिनसक्ने सुविधा पाउनेछन्।

डिजिटल साहुजीको पसलमा गएर वा अनलाइन अर्डर गरेर समेत सामान किन्न सकिने छ ।