कीवर्डहरू -

इन्स्टाग्रामले घोषणा गर्‍यो नयाँ भिडियो एडिटिङ एप ‘एडिट्स’, क्यापकटलाई टक्कर दिने

इन्स्टाग्रामले घोषणा गर्‍यो नयाँ भिडियो एडिटिङ एप ‘एडिट्स’, क्यापकटलाई टक्कर दिने

इन्स्टाग्रामले क्यापकट जस्तै भिडियो एडिटिङ एप एडिट्सको घोषणा गरेको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले एडिट्स नामक भिडियो एडिटिङ एपको घोषणा गरेका हुन् । 

मोसेरीका अनुसार यो एप क्यापकट नामक भिडियो सम्पादन एपसँग प्रतिस्पर्धा गर्न तयार पारिएको हो । एडिट्स अहिले एप स्टोरमा प्री-अर्डरका लागि उपलब्ध रहेको छ ।

‘अहिले धेरै कुरा भइरहेको छ, तर जे भए पनि, सिर्जनाकर्ताहरूलाई उत्कृष्ट उपकरणहरू उपलब्ध गराउनु हाम्रो काम हो,’ मोसेरीले इन्स्टाग्राममा पोस्ट गरिएको भिडियो भनिएको छ । 

‘एडिट्स केवल एउटा भिडियो सम्पादन एप मात्रै होइन, यो सिर्जनात्मक उपकरणहरूको पूर्ण सेट हो । यसमा प्रेरणाका लागि छुट्टै ट्याब हुनेछ, प्रारम्भिक विचारहरू ट्र्याक गर्न अर्को ट्याब हुनेछ । एडिटिङका लागि सबै टुलहरू यसमा हुनेछन् । यदि तपाईं आफ्नो भिडियो इन्स्टाग्राममा साझा गर्न चाहनुहुन्छ भने ड्राफ्ट साथी र अन्य क्रियटरलाई शेयर गर्न सकिने छ,’ उनले एपको बारे भने । 

एपमा लाइभ इन्साइट्स ड्यासबोर्ड, फलोअर र अन फ्लोअर एंगेजमेन्टको विश्लेषण र प्रयोगकर्ताहरूले विशेष भिडियो स्किप गर्ने दरजस्ता मेट्रिक्स समावेश छन् । 

यसले हरियो स्क्रिन र भिडियो ओभरलेजस्ता सम्पादन उपकरणहरू पनि समावेश रहेका छन् । एडिट्स एप मार्च १३ २०२५ देखि उपलब्ध हुनेछ ।