कीवर्डहरू -

दशरथ रंगशालामा भइरहेको छ नेपालकै पहिलो ईस्पोर्ट्स च्याम्पियनसीप

दशरथ रंगशालामा भइरहेको छ नेपालकै पहिलो ईस्पोर्ट्स च्याम्पियनसीप

दशरथ रंगशाला काठमाडौंमा नेपालकै पहिलो राष्ट्रिय ईस्पोर्ट्स च्याम्पियनसीप सुरू भएको छ । फागुन ८ गते बिहीबारदेखि सुरू भएको प्रतियोगिता फागुन १० गते शनिबारसम्म सञ्चालन हुनेछ । 

नेपाल ई-स्पोर्ट्स संघ (इसान) ले आयोजना गरेको राष्ट्रिय च्याम्पियनशिपमा ई-फुटबल, मोबाइल लिजेन्ड्स, पब्जी मोबाइल, डोटा २, भ्यालोरान्ट, र कोस्प्ले लगायतका विधामा प्रतिस्पर्धा भइरहेको छ । 

ई-फुटबलका लागि आठ खेलाडी प्रतिस्पर्धा गर्ने, पब्जीका लागि १६ टिम, मोबाइल लिजेन्ड्सका लागि २ टिम, र डोटा २ तथा भ्यालोरान्टका लागि चार-चार जना खेलाडी प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिहरूले ग्यालेक्सी एस २५ अल्ट्रामा गेमि खेलिरहेका छन् । 

च्याम्पियनशिपको कुल पुरस्कार राशी २५ लाख रुपैयाँ रहेको छ । यो नेपाल ई-स्पोर्ट्स इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशी हो । छ वटा विधामा विजेता र उपविजेताहरूलाई पुरस्कार प्रदान गरिने छ ।