कीवर्डहरू -

ईभी ब्याट्री स्वदेशमै बनाउन कोशी प्रदेशले प्रोत्साहन गर्ने, ७ करोड बजेट विनियोजन

ईभी ब्याट्री स्वदेशमै बनाउन कोशी प्रदेशले प्रोत्साहन गर्ने, ७ करोड बजेट विनियोजन

कोशी प्रदेशले ईभीमा प्रयोग हुने ब्याट्री स्वदेशमा नै उत्पादन गर्न प्रदेशभित्रका उद्योगहरुलाई प्रोत्साहन गर्ने भएको छ । 

शनिबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले विद्युतीय सवारी साधन तथा सौर्य ऊर्जामा प्रयोग हुने ब्याट्री स्वदेशमा नै उत्पादन गर्न कोशी प्रदेशभित्रका उद्योगहरुलाई प्रोत्साहनको लागि ७ करोड रूपैयाँ विनियोजन जानकारी दिएका हुन् । 

यस्तै पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन निर्माण गर्न ३ करोड बजेट विनियोजन भएको छ ।