कीवर्डहरू -

४ महिनामै फोनपेले गर्‍यो युपीआईबाट २५ करोड बढी कारोबार

४ महिनामै फोनपेले गर्‍यो युपीआईबाट २५ करोड बढी कारोबार

फोनपेले भारतसँग क्रस बोर्डर भुक्तानी सुरू भएको ४ महिनामै २५ करोड बढीको कारोबार गरेको छ । २०२४ फेब्रुअरी २८ मा सुरु भएको युपिआईबाट २५ करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार गरेको हो । 

युपिआईबाट ७७ वटै जिल्लामा १ लाख बढी कारोबार भएको छ । यस वर्ष, उच्च संख्यामा भारतीय पर्यटकहरू नेपाल आउने अपेक्षा गरिएको छ । 

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले युपिआई भुक्तानीलाई ग्राहकहरुले यसरी छिट्टै अपनाउदा यसले सहज र सुरक्षित डिजिटल भुक्तानीको बढ्दो माग भएको देखिएको बताए ।

भारतीय पर्यटक नेपाल आउँदा आफ्नो डिजिटल बैंकिङबाट फोनपे क्युआर स्क्यान गरेर नेपालका मर्चेन्टलाई भुक्तानी गर्न सक्छन् । नेपाल आउने पर्यटकको संख्या बढ्दै कारोबार समेत बढ्ने छ । 

युपिआई भुक्तानीले मुद्रा साट्ने वा नगद बोक्ने आवश्यकता हटाउँदै यात्रालाई सहज बनाएको फोनपेले जनाएको छ । फोनपे नेटवर्कमार्फत युपिआई भुक्तानी सजिलो, सुरक्षित, र तत्कालै हुन्छ । 
बलियो बैंक तथा वित्तीय संस्था (बीएफआई) नेटवर्क सहित फोनपेले, नेपालमा युपिआई भुक्तानीको सुविधा दिने क्षेत्रमा अग्रस्थान लिएको छ । 

अहिले, नेपालको ८० प्रतिशत क्युआर कोड प्रणालीले फोनपे मार्फत युपिआई भुक्तानी लिन सक्छ । फोनपेले सञ्चालन गरेको क्युआर र भुक्तानी प्रणालीले नेपालका सबै ७७ जिल्लामा युपिआई भुक्तानी स्वीकार गर्न सक्षम बनाएको छ । 

फोनपेले सञ्चालन गरेको विस्तृत नेटवर्क, जसमा बैंक र पेमेन्ट सेवा प्रदायकहरू (पीएसपी) समावेश छन्, सबैको साझा प्रयासमा  देशभरि युपिआई भुक्तानी सजिलै उपलब्ध भएको छ, जसले गर्दा यो प्रबिधि छिटो लोकप्रिय हुन सफल भएको छ। 

आगामी दिनहरूमा, फोनपेले नेपाली नागरिकहरूले भारतमा पनि युपिआई भुक्तानी गर्न सकून् भनेर प्राविधिक र सञ्चालन तयारी पूरा गरिसकेको छ । यसका लागि फोनपेले नेपाल राष्ट्र बैंकको अनुमतिको प्रतीक्षामा छ ।