कीवर्डहरू -

पहिलो पटक नेपालमा अनलाइन रेडियोले पायो कानुनी मान्यता

पहिलो पटक नेपालमा अनलाइन रेडियोले पायो कानुनी मान्यता

नेपालमा पहिलो पटक अनलाइन रेडियोले कानुनी मान्यता पाएको छ । राष्ट्रिय प्रसारण नियमावलीको १२ औं संशोधन गर्दै अनलाइन रेडियोलाई पहिलो पटक कानुनी मान्यता दिएको छ । 

संशोधनसँगै अब टावर र फ्रिक्वेन्सी प्रयोग गरेर अनलाइनबाटै रेडियो सञ्चालन गर्न सकिने छ । त्यसका लागि इजाजत पत्र भने लिनुपर्नेछ । 

नियमावलीमा अनलाइन रेडियो भन्नाले आफैंले उत्पादन गरी इन्टरनेटको माध्यमबाट आफ्नो डोमेन वा आफ्नै ओटीटी प्रसारण सेवा मार्फत निश्चित तालिका बमोजिम नियमित रुपमा श्रव्य कार्यक्रम प्रसारण गर्ने रेडियो संस्था सम्झनु पर्ने परिभाषा राखिएको छ ।

संशोधन नियमावली राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आइसकेको छ । सञ्चार तथा सूचना प्रविधि रेखा शर्माको निकै लामो मेहनतपछि राष्ट्रिय प्रसारण नियमावली भएको हो । राष्ट्रिय प्रसारण (१२ औं संशोधन) नियमावली २०८० मा ओटीटी प्रसारण सेवाको इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले स्थापना गरेको बिलिङ्ग प्रणाली सहित उपभोक्ता व्यवस्थापन प्रणाली (सब्सक्राइबर म्यानेजमेन्ट सिस्टम) मा मन्त्रालयलाई पहुँच दिनु पर्ने र त्यस्तो प्रणालीको रियल टाइम मनिटरिङ गर्न सकिने गरी इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले आवश्यक प्रबन्ध गर्नु पर्ने व्यवस्था गरिएको छ ।

डिजिटल कार्यक्रम वितरक संस्थाले सम्बन्धित डिजिटल कार्यक्रमको सर्भर, स्टोरेज जस्ता पूर्वाधारको व्यवस्था गरी जुनसुकै वितरण प्रणालीको इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थालाई माग अनुसार डिजिटल कार्यक्रम बिना भेदभाव समान हिसाबले उपलब्ध गराउनु पर्नेछ । 

यस्तो छ नियमावली