कीवर्डहरू -

पूर्ण छात्रवृत्तिसहित फ्युजमेसिनले घोषणा गर्‍यो एआई फेलोशिप, यसरी दिनुहोस् आवेदन

पूर्ण छात्रवृत्तिसहित फ्युजमेसिनले घोषणा गर्‍यो एआई फेलोशिप, यसरी दिनुहोस् आवेदन

फ्यूजमेसिन इन्कले नेपालका लागि फ्यूजमेसिन एआइ फेलोशिप २०२४ को आवेदन खुला गरेको छ । एआई र डेटा साइन्समा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ फ्यूजमेसिन एआइ फेलोशिपको आवेदन खुला गरेको हो । 

प्रमुख अमेरिकी विश्वविद्यालयका संकाय तथा एआई उद्योग विशेषज्ञहरूबाट डिजाइन गरिएको फेलोशिप माइक्रोडिग्री कार्यक्रम हो । प्रोग्रामिङ, गणित, कम्प्युटर विज्ञान र सफ्टवेयर डेभलपमेन्ट पृष्ठभूमि भएका आईटी विद्यार्थी, प्रोफेसनल र इच्छुकहरूलाई अप स्किल गर्न फेलोशिप ल्याएको फ्युजमेसिन्सले जनाएको छ । 

यसमा आवेदन दिएर छनौट हुनेले फेलोशिपमा सहभागी हुन पूर्ण छात्रवृत्ति पाउने छन् । विगत केही वर्षदेखि फ्युजमेसिन्सले एआइ फेलोशिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

प्रत्येक वर्ष एआई फेलोशिप कार्यक्रमका लागि बढ्दो उत्साह देखेर आश्चर्यमा परेको फ्युजमेसिन्सका सीईओ र संस्थापक समीर मास्केले  बताए । 

सन् २०१७ देखि सुरू भएको फ्यूजमेसिन एआइ फेलोशिप कार्यक्रमले गुणस्तरीय एआइ शिक्षा अवसरहरूमार्फत १२ देशहरूमा ८०० भन्दा बढी फेलोहरूलाई सफलतापूर्वक तालिम दिएको छ । यदी तपाई पनि यस वर्षको एआई फेलोशिपमा आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आवेदन दिन तथा यस बारे थप बुझ्न सक्नुहुनेछ । 

फ्युजमेसिन्सका दक्षिण एशिया प्रमुख पराग श्रेष्ठले एआई फेलोशिप कार्यक्रमले एआईको पहुँच वृद्धि गर्न र यस क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सघाउने जानकारी दिए । 

फेलोशिपमा एआई, मेसिन लर्निङ र डीप लर्निङ, गणित, प्रोग्रामिङ लगायत विस्तृत रूपमा सिक्ने छन् । यसमा धेरैजसो कोर्ष कन्टेन्ट अनलाइनबाटै सञ्चालन हुनेछ । 

यसले उपयुक्त एल्गोरिदम, पुस्तकालय, फ्रेमवर्क र अत्याधुनिक कम्प्युटर भिजन, न्याचुरल लैंग्वेज प्रोसेसिंग र जेनेरेटिभ एआई प्रविधिमा विविध चुनौतीको लागि प्रविधि छनौट गर्न र कार्यान्वयन गर्न सशक्त बनाउने कम्पनीको विश्वास छ ।