कीवर्डहरू -

अब गूगल म्यापले डेटा स्टोर नगर्ने

अब गूगल म्यापले डेटा स्टोर नगर्ने

अब गूगल म्यापले डेटा स्टोर नगर्ने भएको छ । एक नयाँ रिपोर्ट अनुसार, प्रयोगकर्ताको डेटा म्यापमा स्टोर नहुने गरी गूगलले तयारी अगाडि बढाएको छ ।

यसअघि प्रयोगकर्ताको लोकेसन हिस्ट्री गूगल म्यापको सर्भरमा स्टोर गरिन्थ्यो तर अब उक्त हिस्ट्री डेटा प्रयोगकर्ताको डिभाइस अर्थात् फोनमा मात्रै स्टोर हुने बताइएको छ ।

गूगलको यो फिचर जारी गर्ने मिति डिसेम्बर १, २०२४ तय गरिएको छ । गुगल म्यापको यो सुविधा गोपनीयताको लागि हो । सर्भरमा डेटा स्टोर गर्दा डाटा लीक हुने जोखिम हुन्छ, तर यो जोखिम डिभाइसमै डेटा स्टोर भएपछि कम हुने अपेक्षा गरिएको छ । 

म्यापमा धेरै पटक कमजोर नेटवर्कका कारण प्रयोगकर्ताले आफ्नो लोकेसन हिस्ट्री हेर्न पाउँदैनन् तर डिभाइसमा स्टोर गरिसकेपछि हिस्ट्री हेर्न नेटवर्कको आवश्यकता पर्ने छैन् । गुगलले म्यापमा एण्ड–टू–एण्ड इन्क्रिप्सन पनि प्रस्तुत गरिएको छ ।

प्रयोगकर्ताहरूको डेटाको लागि नयाँ सुरक्षा तह हो । हाल यो सुविधा एपका लागि मात्र जारी गरिएको छ । यो वेब संस्करणको लागि जारी हुनेछ वा छैन भन्ने बारे हाल कुनै जानकारी छैन् ।