कीवर्डहरू -

एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?

एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?

टेलिटक प्रालिले आज आफ्नो नयाँ एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । स्पस्ट डिटेल तथा तुरुन्तै शेयर गर्न सकिने नतिजायुक्त फोटो खिच्न सक्ने ५० मेगापिक्सेलको प्रभावशाली सेल्फी क्यामेरायुक्त क्रेस्ट फाइभजीले स्मार्टफोन फोटोग्राफीमा नयाँ मानक स्थापित गर्ने बताइएको छ ।

डिभाइस सार्वजनिक हुँदै गर्दा एशिया प्रशान्त तथा भारतका लागि एचएचमडीका उपाध्यक्ष रवि कुँवरले एचएमडी क्रेस्टको अनावरणसँगै सिर्जनशीलता, दिगोपन तथा यूजर एक्सपेरियन्सलाई प्राथमिकता दिने नवीन मोबाइल प्रविधिको युगतर्फ लम्कँदै गरेको बताए ।

प्रयोगकर्ताको अद्वितीय विशेषताहरुलाई प्रतिनिधित्व गर्ने, प्राकृतिक देखिने सेल्फी खिच्न सक्षम बनाउने हेतुले अप्ठेरा सेल्फी क्षणहरुका लागि हातको इशाराले चलाउन मिल्ने ह्याण्ड्स फ्री सेल्फी तथा टोन कन्ट्रोल र ब्युटिफाईजस्ता फिचरसहित सेल्फी क्यामराको सफ्टवेयर अनुभवलाई विशेष किसिमले उन्नत बनाइएको छ ।

यसबाहेक, आफैंले खिच्ने पोट्र्रेट फोटोलाई अति आकर्षक बनाउन यो स्मार्टफोनमा स्लो मोशन मोड तथा एआई सुपर पोट्र्रेट मोड समावेश गरिएको छ । एक्शन शटहरुका लागि यसमा भएको फ्ल्याश शटले चलायमान वस्तुहरुको फोटो सहजरुपमा लिन तथा ट्राइपड मोडले लामो एक्सपोजर आवश्यक पर्ने दृश्यहरुको मनमोहक फोटोग्राफीका लागि सघाउँछन् ।

इमेज क्रियटररफोटो सर्जकहरुका लागिस्  हरेक क्षणलाई आकर्षक डिटेलसहित कैद गर्ने निश्चिन्तताका लागि एचएमडी क्रेस्टमा यो सेगमेन्टकै पहिलो ५० मेगापिक्सेलको सेल्फी क्यामेरा तथा पछाडिपट्टि ५० मेगापिक्सेलकै डुअल एआई क्यामरा राखिएको छ । 

चम्किलो डिस्प्ले स् यसमा ६.६७ इञ्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले प्रयोग भएको छ जसले प्रयोगकर्तालाई आफैं सहभागी भए झैं गरी मनोरञ्जन तथा सामाजिक सञ्जालको अनुभव प्रदान गर्दछ।

लामो समय टिक्ने ब्याट्री पावरस् डिभाइसको निरन्तर र अविच्छिन्न प्रयोगको सुनिश्चितताका लागि यसमा ८०० चार्जिङ साइकल तथा ३३ वाटको फास्ट चार्जिङ सुविधासहितको ५००० एमएएच ब्याट्री समावेश गरिएको छ ।

पर्याप्त स्टोरेज र मेमोरीस् एप्लिकेशन, फोटो तथा मिडिया भण्डारणका लागि पर्याप्त स्थान प्रदान गर्न १२८ जीबीको स्टोरेज तथा ६जीबी फिक्स्ड र ६ जीबी भर्चुअल गरी १२ जीबी र्याम उपलब्ध छ ।

यसमा युनिसोक टी७६० फाइभजी नामको ६एनएममा निर्मित अक्टाकोर प्रोसेसर समावेश छ । साथै, एचएमडी क्रेस्टमा रिपेयरेबिलिटी १.० राखिएको छ जसका कारण प्रयोगकर्ताले ब्याक प्यानल, ब्याट्री, डिस्प्ले तथा चार्जिङ पोर्ट आफैंले सजिलै परिवर्तन गर्न सक्छन् ।

यो विशेषताले डिभाइसको जीवनकाल लम्ब्याउन तथा ई-वेस्ट अर्थात् इलेक्ट्रोनिक फोहोर घटाउन उल्लेख्य मद्दत गर्ने जनाइएको छ ।​​​​​​​ एचएमडी क्रेस्ट मिडनाइट ब्लू रंगमा १८ हजार ९९९ रूपैयाँ नेपालभर नजिकैका मोबाइल पसलहरुमा खरिदका लागि उपलब्ध हुनेछ ।