कीवर्डहरू -

कम्प्यूटरमार्फत क्युआर कोड स्क्यान कसरी गर्ने ? यस्तो छ उपाय

कम्प्यूटरमार्फत क्युआर कोड स्क्यान कसरी गर्ने ? यस्तो छ उपाय

तपाईंले क्युआर कोडको बारेमा त पक्कै सुन्नु भएको होला । यदि तपाईसँग स्मार्टफोन छ र बैंकिंग एपहरु प्रयोग गर्नुहुन्छ भने तपाई निश्चित रूपमा क्यूूआर कोड बारे थाहा पाउनै भएको छ ।

क्विक रेस्पोन्स (क्यूआर) कोड आज भिजिटिङ कार्डदेखि ठेगाना र भुक्तानीसम्म सबै कुरामा प्रयोग भइरहेको छ । क्यूआर कोडहरू भुक्तानी एपहरूद्वारा सजिलैसँग स्क्यान गरिन्छ, तर कहिलेकाहीँ केही अन्य क्यूआर कोडहरू स्क्यान गर्न कठिनाइ हुन्छ । हाल क्यूआर कोड स्क्यानर हरेक फोनमा उपलब्ध छ ।

फोनबाट क्यूआर कोड स्क्यान गर्न सजिलो छ तर कम्प्युटर वा ल्यापटपबाट क्यूआर कोड स्क्यान गर्दा समस्या हुन्छ । आज हामी तपाईलाई कम्प्युटर मार्फत क्यूआर कोड कसरी स्क्यान गर्ने भनेर जानकारी दिदैछौं ।

कम्प्युटरबाट क्यूआर कोड कसरी स्क्यान गर्ने ?

ल्यापटप वा कम्प्युटरबाट क्यूआर कोड स्क्यान गर्नु, फोनबाट स्क्यान गर्नुभन्दा पनि सजिलो छ । कम्प्युटरमा तपाईले कुनै पनि क्यूआर कोडलाई एक क्लिकमा स्क्यान गर्न सक्नुहुन्छ, यद्पिी यसका लागि तपाईले गुगल क्रोम ब्राउजरको मद्दत लिनुपर्नेछ ।

पहिले स्क्यान गर्नु पर्ने क्यूआर कोड चयन गर्नुहोस् । अब माउस वा टचप्याडको मद्दतले क्यूआर कोडमा राइट क्लिक गर्नुहोस् ।

यसपछि ड्रप डाउन मेनुमा तपाईले सर्च इमेज विथ गुगलको विकल्प देख्नुहुनेछ । यसमा क्लिक गर्नुहोस् ।

अब गुगल लेन्स तपाईको अगाडि खुल्नेछ र क्यूआर कोड पनि स्क्यान हुनेछ । यदि क्यूआर कोडमा कुनै टेक्सट लेखिएको छ भने, यो लेन्सको तल देखा पर्नेछ ।