कीवर्डहरू -

एआईले कामलाई सहज बनाउँछ वा बनाउँदैन् ? सर्वेक्षणले यस्तो भन्छ

एआईले कामलाई सहज बनाउँछ वा बनाउँदैन् ? सर्वेक्षणले यस्तो भन्छ

परिवर्तनशील प्रविधिले मानिसहरूलाई धेरै आविष्कार र इनोभेसन देखाएको छ । त्यस्तै पछिल्लो समय देखिएको नयाँ प्रविधि हो,  एआई । एआईले धेरैलाई मद्दत गरेको छ भने यसले मानिसको जागिरलाई असर गर्छ की गर्दैन् भनेर ठूलो बहस समेत सिर्जना गरेको छ । एआईले मानिसको कामलाई सहज पार्च की पार्दैन भन्ने विषयमा सूचना प्रविधि कम्पनी एचपीले एउटा सर्वेक्षण गरेको छ । 

विश्वभरका अधिकांश कर्मचारी बर्नआउट, भारी कामको बोझ र चरम तनावसँग संघर्ष गरिरहेका छन् । तर एचपीको सर्वेक्षणमा एआइले कर्मचारीका यी समस्याहरूलाई कम गर्न मद्दत गर्न सक्ने सर्वेक्षणले देखाएको छ ।

एचपी इन्कको कार्य सम्बन्ध सूचकांकले १२ देशका विभिन्न उद्योगहरूमा कार्यरत १५,६०० कर्मचारीसँग सर्वेक्षण गरेको थियो । यसको निष्कर्षले संसारभरका कार्यस्थलहरूमा मनोबल कम रहेको देखाएको छ । सर्वेक्षण अनुसार २७ प्रतिशत कामदारले मात्र आफ्नो कामसँग राम्रो सम्बन्ध रहेको महसुस गरेका छन् ।

कर्मचारी र व्यवसायहरूको लागि एउटा ठूलो समस्या हो । किनकी कुनै पनि कम्पनी, कर्मचारीलाई प्रोत्साहन र उनीहरूको मनोबल उच्च नबनाएसम्म अगाडि बढ्न सक्दैन् । 

सर्वेक्षणमा सहभागी ५५ प्रतिशतभन्दा बढी कामदारले आर्टिफिसियल इन्टेलिजेन्सले कार्यस्थलमा नयाँ अवसरहरू खोल्ने बताएका छन् भने ७५ प्रतिशत व्यवसायीक लिडरहरूले एआईले कामलाई सहज बनाउने बताएका छन् ।

लास भेगासमा एचपी एम्प्लिफाइ पार्टनर सम्मेलन अघि एचपी इन्कमा एचपी वर्कफोर्स सोलुसनका अध्यक्ष डेभ शुलले एआईले कामको गतिशीलता परिवर्तन गर्ने र सबैका लागि थप सकारात्मक र उत्पादक वातावरण सिर्जना गर्ने बताएका थिए । 

के एआई रोजगारीका लागि खतरा हो?

जेनेरेटिभ एआई टेक्नोलोजीमा सबैभन्दा लोकप्रिय विषय नहुन सक्छ, तर यसले कर्मचारीको मनोबल र संस्थाहरूलाई पनि गतिशील बनाएको  छ । जेनेरेटिभ एआई एक प्रकारको आर्टिफिसियल इन्टेलिजेन्स हो, जसले इमेज्ड, टेक्स्टुअल वा अन्य सामग्री उत्पन्न गर्न सक्षम हुन्छ ।

टेक्नोलोजीले उत्पादनलाई बढावा दिने, लागत घटाउने र उद्योगहरूको विस्तृत दायरामा नयाँ वृद्धि अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । च्याटजीपीटीको सुरुवात पछि एआईले कसरी उद्योग र काममा क्रान्तिकारी परिवर्तन गर्न सक्छ भन्ने बहस सुरू गरेको छ ।

यसले तपाईका केही दैनिक कार्यहरू सजिलैसँग ह्यान्डल गर्न सक्छ र तपाईलाई अन्य कार्य गर्न थप समय दिन सक्छ । यस्तो अवस्थामा हामी भन्न सक्छौं कि एआइले मानिसहरूको काम प्रतिस्थापन गर्नुको सट्टा तपाईंको काम सजिलो हुनेछ ।