कीवर्डहरू -

पैसा निकाल्ने क्रममा तपाईंको कार्ड एटीएममा अड्कियो भने यी गल्ती कहिले पनि नगर्नुहोस्

पैसा निकाल्ने क्रममा तपाईंको कार्ड एटीएममा अड्कियो भने यी गल्ती कहिले पनि नगर्नुहोस्

अनलाइन भुक्तानीको सुरुवात पछि, एटिएमबाट पैसा निकाल्ने प्रक्रिया कम भएको छ तर पूर्ण रूपमा समाप्त भएको छैन् । एटिएमबाट पैसा निकाल्दा तपाईको सानो लापरवाहीले तपाईलाई ठूलो नोक्सानी पु¥याउन सक्छ । ठगी गर्नेहरूले तपाइँको एक गल्तीको फाइदा उठाउन र तपाइँको बैंकअकाउन्ट खाली गर्न सक्छन् । आजको रिपोर्टमा, हामी तपाईंलाई एटीएम ठगी र त्यसबाट बच्ने उपायहरूबारे बताउनेछौँ ।

कस्टमर सर्भिस कल गर्दा गल्ती

यस्ता धेरै घटना बाहिर आएका छन् जसमा एटीएम मेसिनमा मानिसको कार्ड अड्किएको गुनासो आउने गरेको छ । धेरै पटक मेसिनमा कार्ड अड्किन्छ र आत्तिएर हामी त्यहाँ लेखिएको ग्राहक सेवा नम्बरमा फोन गर्छौं, तर यहाँ तपाईंले धेरै सावधान रहनु आवश्यक छ ।

वास्तवमा यो मेसिनमा तपाईंको कार्ड अड्किएको होइन तर यी ठगहरूले कार्ड अड्काएका हुन् । तिनीहरूले कार्ड बोक्ने पोर्टमा अर्को मेसिन इन्स्टल गर्छन् र त्यसपछि ग्राहक सेवा नम्बरको रूपमा आफ्नो नम्बर टाँसेर छोड्छन् । कल गर्नु अघि, निश्चित रूपमा जाँच गर्नुहोस् कि नम्बर कुन तरिकामा लेखिएको छ । यदि कुनै सामान्य कागजमा नम्बर लेखेर टाँसिएको छ भने, त्यसमा कल नगर्नुहोस् ।

मेसिन जाँच गर्ने

एटिएमबाट पैसा निकाल्नु अघि र एटिएमभित्र जाने बित्तिकै, तपाईले गर्नु पर्ने काम भनेको राम्रोसँग जाँच गर्नु हो । वरिपरि हेर्नुहोस् र कुनै लुकेका क्यामेराहरू छन् कि भनेर पनि हेर्नुहोस् । तपाईंले एटीएम कार्ड स्लट पनि जाँच गर्नुपर्छ । धेरै पटक बदमाशहरूले कार्ड स्लटहरू वरिपरि कार्ड रिडर चिपहरू स्थापना गर्छन्, जसले एटीएम कार्ड डाटा र पिन कोड जानकारी चोर्न सक्छ । मेसिनमा केही नौलो त छैन् नी भनेर याद गर्नु आवश्यक हुन्छ ।

पिन इन्टर गर्दा सावधान हुनुपर्ने

यदि तपाईंको एटीएम पिन अपराधीहरूको लागि उपलब्ध छैन भने, तपाईंको खातामा छिर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा एटीएम पिन धेरै सावधानीपूर्वक प्रयोग गर्नुपर्छ । ध्यान राख्नुहोस् कि तपाई एटीएम भित्र पैसा निकाल्न जानुभएको छ र त्यहाँ अरू कोही व्यक्ति हुनुहुँदैन् ।

यदि त्यहाँ अरू कोही उपस्थित छन् भने, उसलाई बाहिर जान वा पिन लुकाएर इन्टर गर्नुहोस् । पिन इन्टर गर्दा, आफ्नो हातले एटिएम किबोर्ड छोप्नुहोस् र सकेसम्म मेसिनको नजिक उभिनुहोस् । ताकि कसैले तपाईको पिन नदेखोस् । 

एटीएम पिन र कार्ड कसैलाई नदिनुहोस्

धेरै पटक हामीले आफ्नो एटीएम कार्ड र पिन हाम्रा साथी वा आफन्तहरूलाई हतारमा वा आपतकालीन अवस्थामा पैसा निकाल्न दिन्छौं । यस्तो गल्तीबाट बच्नुपर्छ । अचेल यस्ता घटना पनि बाहिर आउन थालेका छन् जसमा नजिकका मान्छेनै ठगीमा संलग्न हुन्छन् । यदि तपाईंले कसैलाई एटीएम कार्ड दिनु छ भने, तुरुन्तै कार्डको पिन परिवर्तन गर्नुहोस् र कारोबार केके भएका छन् भनेर याद राख्नुहोस् ।

एटिएममा कसैको सहयोग नलिनुहोस्

एटिएममा अपरिचित व्यक्तिको मद्दत लिनु हानिकारक हुन सक्छ । पैसा झिक्न अलि बढी समय लागे पनि एटीएम नजिक कसैलाई आउन नदिनुहोस् र आफ्नो कार्ड र पिन बिर्सिए पनि अरुलाई मद्दतका लागि नभन्नुहोस् ।