कीवर्डहरू -

सन् २०२४ मा प्रविधिको क्षेत्रमा देखिने छन् यस्ता परिवर्तन

सन् २०२४ मा प्रविधिको क्षेत्रमा देखिने छन् यस्ता परिवर्तन

प्रविधि गतिशिल छ । प्रविधिको क्षेत्रमा हरेक दिन केही न केही नयाँ भइरहेको हुन्छ । प्रविधिका नयाँ नयाँ रूपहरू बजारमा आइरहेका छन् ।

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटी आएपछि इनोभेसनको चर्चा झनै चर्किएको छ । च्याटजीपीटीको उदयसँगै एआई बारे अनके अड्कल काट्न सुरू भइसकेको छ । भर्चुअल रियालिटीलाई भविष्यको खेल मैदान भनेर सुनिन्छ । 

सन् २०२३ मा एआई प्रविधिले विशेष प्राथमिकता पायो । विश्वका ठूला टेक कम्पनीहरूले एआईको प्रतिस्पर्धा तीब्र बनाए । सन् २०२४ मा पनि एआईको चर्चा चुलिने निश्चित छ ।

आजबाट सन् २०२३ पनि बिदा हुँदै छ । यसै सन्दर्भमा आज हामी सन् २०२४ मा कस्ता कस्ता प्रविधिहरू ट्रेन्डमा आउनेछन् त्यसको जानकारी दिदैछौं । 

आर्टिफिसियल इन्टेलिजेन्स

धेरैजसो चर्चा एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा भइरहेको छ । च्याटजीपीटीको सुरुवात पछि, धेरै टेक दिग्गजहरू एआइ दौडमा सामेल भएका छन् । गूगलले आफ्नो एआई उपकरण बार्ड पनि सार्वजनिक गरेको छ ।

एआई च्याटबटको मद्दतले लाखौं वेबसाइटहरूमा उपलब्ध जानकारी र डाटालाई परिमार्जन गरी प्रयोगकर्ताहरूलाई सजिलो भाषामा रूपान्तरण गरी उपलब्ध गराउन सकिन्छ । यसको मतलब एआइसँग अनलाइन अनुभवलाई पुनः परिभाषित गर्ने क्षमता छ ।

एआइ अहिलेसम्म पृष्ठभूमिमा रही, कसैको ध्यान नदिई आफ्नो काम गरिरहेको छ, तर यसको रूप द्रुत रूपमा परिवर्तन हुने अपेक्षा गरिएको छ । यसको मतलब एआई टेक्नोलोजी आगामी समयमा वास्तविक गेम चेन्जर साबित हुन सक्छ ।

क्वान्टम कम्प्युटिङ

क्वान्टम कम्प्युटिङ अब सिद्धान्त र प्रयोगको दायरामा सीमित छैन् । सन् २०२४ मा, हामी क्वान्टम कम्प्युटिङ टेक्नोलोजीमा महत्त्वपूर्ण प्रगतिहरु हेर्ने आशा गर्न सक्छौं । क्वान्टम कम्प्युटिङले क्रिप्टोग्राफी, मटेरियल विज्ञान र औषधि खोज जस्ता उद्योगहरूमा क्रान्तिकारी परिवर्तन गर्न सक्छ जुन जटिल समस्याहरू समाधान गरेर पहिले क्लासिकल कम्प्युटरहरूसँग असम्भव थियो ।

मेटाभर्स

नयाँ वर्षमा मेटाभर्स द्रुत रूपमा विस्तार हुन सक्छ । सन् २०२३ मेटाभर्सका लागि केही खास रहेन् । यस्तो अवस्थामा मार्क जुकरबर्गका लागि मेटाभर्स विस्तार गर्ने काम सन् २०२४ मा हुन् सकिन्छ । टेक दिग्गज र स्टार्टअपहरूले मेटाभर्स प्लेटफर्मको विकास र विस्तारमा ठूलो लगानी गर्न सक्छन् ।

मनोरञ्जन, शिक्षा र दुर्गम क्षेत्रहरूमा नयाँ अवसरहरू सिर्जना गर्न सक्छन् । भर्चुअल रियालिटी अपनाएर मेटाभर्सले डिजिटल संसारमा हामी कसरी कनेक्ट हुने तथा सहकार्य गर्छौं भनेर पुनः परिभाषित गर्नेछ ।

दिगो प्राविधिक समाधान

जलवायु परिवर्तनको बारेमा बढ्दो चिन्तालाई ध्यानमा राख्दै २०२४ ले दिगो प्रविधि समाधानहरूमा वृद्धि देख्नेछ । नवीकरणीय ऊर्जा स्रोत, विद्युतीय सवारी साधन र स्मार्ट ग्रिड प्रविधिको प्रयोग बढ्न सक्छ ।

कार्बन क्याप्चर, दिगो कृषि र पर्यावरण–मैत्री उत्पादन प्रक्रियाहरूमा आविष्कारहरूले हामीलाई अझ दिगो भविष्यको नजिक लैजान्छ ।

साइबर सुरक्षा

बढ्दो डिजिटलाइजेसनको साथ, साइबर सुरक्षा २०२४ मा सर्वोपरि चिन्ताको विषय हुनेछ । आइऋोटी उपकरणहरू, मेटाभर्स, र अन्तरसम्बन्धित प्रणालीहरूको प्रसारले साइबर अपराधीहरूको लागि नयाँ आक्रमण सतहहरू सिर्जना गर्नेछ ।

संगठन र व्यक्तिहरूले आफ्नो डेटा र गोपनीयताको सुरक्षा गर्न एआई–संचालित खतरा पत्ता लगाउने प्रविधि सहित बलियो साइबर सुरक्षा उपायहरूमा लगानी गर्न आवश्यक छ ।