कीवर्डहरू -

सूचना प्रविधि व्यवसाय सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागको स्वीकृति अनिवार्य

सूचना प्रविधि व्यवसाय सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागको स्वीकृति अनिवार्य

सूचना प्रविधि व्यवसाय सञ्चालन गर्नु अगाडि अब सूचना प्रविधि विभागबाट समेत स्वीकृति लिनुपर्ने भएको छ । 

सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि व्यवसाय सञ्चालन गर्नु अगाडि विभागबाट अनुमति लिनुपर्ने व्यवस्था राखेको हो ।  

मस्यौदामा सूचना प्रविधि सम्बन्धि उद्यम वा व्यवसाय सञ्चालन गर्नु अघि विभागको स्वीकृत अनिवार्य लिनुपर्ने र दर्ता तथा खारेजको जानकारी पनि विभागलाई दिनुपर्ने उल्लेख गरिएको छ । 

यसअघि कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेर व्यवसाय सञ्चालन गर्न सकिन्थ्यो । तर यदी यो विधेयकको मस्यौदा संसदमा पुगेर पास भइ ऐनको रूपमा लियो भने व्यवसाय सञ्चालन गर्न विभागको समेत अनुमति लिनुपर्नेछ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि आगामी १५ दिनभित्र [email protected] मा राय सुझाव इमेल गर्न अनुरोध गरेको छ ।

सूचना प्रविधिको विकास, प्रबर्द्धन र नियमन गर्न, विद्युतीय अभिलेख तथा हस्ताक्षरको मान्यता, सत्यता र विश्वसनीयतालाई नियमित गर्न, विद्युतीय माध्यमबाट सार्वजनिक सेवा प्रवाह गर्ने सम्बन्धमा साइबर स्पेसमा सङ्कलित, सङ्ग्रहित, प्रशोधित, प्रकाशित वा प्रसारित सूचना, तथ्याङ्क एवम् सूचना तथा सञ्चार प्रविधि प्रणालीको गोपनीयता, अखण्डता, उपलब्धता, प्रमाणिकता र आधिकारिकता कायम राख, संवेदनशील सूचना पूर्वाधारको पहिचान तथा सुरक्षा गर्न, सूचना प्रविधि तथा साइबर सुरक्षा सेवा प्रदायकलाई नियमन गर्न, अनुसन्धान गर्न र यस क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न सरकारले नयाँ विधेयकको मस्यौदा तयार पारेको हो । 

यस्तो छ विधेयकको मस्यौदा