इन्स्टाग्रामले बुधबार डायरेक्ट मेसेज (डीएम) का लागि नयाँ फिचरहरू घोषणा गर्यो । यी नयाँ फिचरहरू आएपछि प्रयोगकर्ताहरूले १ः१ च्याटमा विभिन्न भाषाहरूमा मेसेज ट्रान्सलेट गर्न सक्नेछन् ।
अब मेसेजहरू सेड्युल गर्न सकिन्छ, साथै च्याट विन्डोबाट बाहिर ननिस्किकनै अरूसँग गीत सेयर गर्न पनि सजिलो हुनेछ । पहिला, इन्स्टाग्रामले प्रयोगकर्ताहरूलाई डीएम इनबक्सको शीर्षमा तीनवटा च्याट थ्रेडहरू पिन गर्ने अनुमति दिएको थियो, अब प्रयोगकर्ताहरूले विशेष च्याटहरू पनि पिन गर्न सक्नेछन ।
इंस्टाग्रामका नयाँ फिचरहरू
इंस्टाग्रामले एउटा ब्लग पोस्टमार्फत डीएममा आउने नयाँ फिचरहरूको विस्तृत विवरण दिएको छ ।
१. मेसेज ट्रान्सलेसन फिचर
इंस्टाग्राममा नयाँ मेसेज ट्रान्सलेसन फिचर समावेश गरिएको छ । नामअनुसार, यसले प्रयोगकर्ताहरूलाई डीएम भित्रै प्राप्त मेसेजहरू आफ्नै रोजाइको भाषामा अनुवाद गर्न मद्दत गर्छ । सुरुवाती चरणमा यो फिचरले ९९ वटा भाषाहरूलाई समर्थन गर्नेछ । कम्पनीले उल्लेख गरेअनुसार, अनुवाद गरिएका मेसेजहरू मेटासँग सेयर गरिनेछ ।
२. मेसेज सेड्युल गर्ने सुविधा
आईओएस १८ अपडेटपछि ष्एजयलभ मा भर्खरै उपलब्ध गराइएको क्षमताझैं, अब इन्स्टाग्रामले पनि प्रयोगकर्ताहरूलाई मेसेजहरू सेड्युल गर्ने सुविधा दिनेछ । प्रयोगकर्ताहरूले रिमाइन्डर पनि सेड्युल गर्न सक्नेछन् । यसका लागि सेंड बटन होल्ड गरेर, सेड्युल गर्न मिति र समय चयन गरी, सेंड बटनमा ट्याप गर्नुपर्नेछ ।
३. मेसेज पिन गर्ने सुविधा
इन्स्टाग्रामका अनुसार, नयाँ अपडेटले महत्वपूर्ण कुराकानीहरू फेला पार्न र तिनीहरूलाई व्यवस्थित राख्न सजिलो बनाउँछ । पहिले, प्रयोगकर्ताहरूले तीनवटा च्याट थ्रेडहरू मात्र पिन गर्न सक्थे, तर अब उनीहरूले विशेष मेसेजहरू पनि पिन गर्न सक्छन् । यस फिचरलाई एक्सेस गर्न, मेसेजलाई होल्ड गरेर ’पिन’ अप्शन चयन गर्नुपर्नेछ ।
४. संगीत सेयर गर्ने सुविधा
यदि तपाईं डीएममा आफ्ना साथीहरूसँग नयाँ गीतहरूबारे कुरा गरिरहनुभएको छ भने, अब च्याट विन्डो छोड्न नपरी नै उनीहरूलाई ३० सेकेन्डको म्युजिक प्रिभ्यू पठाउन सक्नुहुन्छ । यो फिचर १ः१ च्याट र ग्रुप च्याट दुवैमा लागू हुनेछ ।
गीत सेयर गर्न, च्याटमा स्टिकर ट्रे खोल्नुहोस्, ’म्युजिक’ अप्शनमा ट्याप गरेर गीत खोज्नुहोस्, र त्यसपछि ३० सेकेन्डको प्रिभ्यू पठाउन ट्र्याकमा ट्याप गर्नुहोस् ।
५. ग्रुप च्याटका लागि पर्सनलाइज्ड क्युआर कोड
अर्को महत्वपूर्ण फिचर भनेको ग्रुप च्याटका लागि पर्सनलाइज्ड क्युआर कोड सेयर गर्ने क्षमता हो । प्रयोगकर्ताहरूले विशेष ग्रुप च्याटको क्युआर कोड सिर्जना गर्न सक्नेछन् र अरूलाई देखाएर स्क्यान गराएर ग्रुपमा सामेल गराउन सक्नेछन् ।
इन्स्टाग्रामका अनुसार, यसले प्रत्येक व्यक्तिलाई व्यक्तिगत रूपमा ग्रुपमा थप्नुपर्ने झन्झट हटाउनेछ ।