कीवर्डहरू -

दूरसञ्चार सम्बन्धी कानुन संशोधनका लागि आउँदो अधिवेशनमा विधेयक पेश गर्न सरकारलाई निर्देशन

दूरसञ्चार सम्बन्धी कानुन संशोधनका लागि आउँदो अधिवेशनमा विधेयक पेश गर्न सरकारलाई निर्देशन

दूरसञ्चार सम्बन्धी कानुन संशोधनका लागि आउँदो संसद अधिवेशनमा संशोधन विधेयक पेश गर्न संसदको लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । 

बुधबार बसेको समितिको बैठकले आउँदो अधिवेशनको प्रारम्भमा दूरसञ्चार सम्बन्धी कानुन संशोधन गर्नका लागि संसदमा दर्ता गराउन सरकारलाई निर्देशन दिएको हो । 

कानूनी व्यवस्थाहरुमा रहेका छिद्रहरुको उपयोग गरि हुने सक्ने चलखेल रोक्न तथा लगानीकर्ताहरुको सुरक्षा र देशले पाउने लाभ सुनिश्चित हुने गरि स्पष्ट खाकासहित दुरसंचार सम्वन्धी कानूनहरुलाई शंशोधन गर्नु पर्ने देखिएको समितिको भनाइ छ ।