कीवर्डहरू -

के तपाईको फोन अत्याधिक ह्यांग भईरहेको छ ? यसरी गर्नुहोस् ठिक

के तपाईको फोन अत्याधिक ह्यांग भईरहेको छ ? यसरी गर्नुहोस् ठिक

आजकल स्मार्टफोन बिना जीवन अधुरो छ । हामी धेरैजसो कुराको लागि मोबाइलमा निर्भर छौं। किनमेल, बिल भुक्तानी, टिकट बुकिङ र अध्ययनको लागि स्मार्टफोनको मद्दत लिन्छौं ।

काम गर्ने क्रममा प्रायः मोबाइल ह्याङ्ग हुन्छ । यदि तपाई पनि स्मार्टफोन ह्याङ्ग हुने समस्याबाट हैरान हुनुहुन्छ भने हामी तपाईका लागि केही सजिलो टिप्स ल्याएका छौं । जसको मद्दतले तपाईले घरमै फोन ह्याङ्ग हुने समस्या समाधान गर्न सक्नुहुन्छ ।

फोन किन ह्याङ हुन्छ ?

स्मार्टफोन धेरै कारणले ह्याङ्ग हुन सक्छ । फोनमा कम र्याम र एकै समयमा एकभन्दा बढी एप प्रयोग गर्ने, क्यास फाइल र फोन अपडेट नगरेका कारणले हुन सक्छ । यी मध्ये कुनै एक कारणले मोबाइल ह्याङ हुन सक्छ ।

क्यास फाइल

क्यास फाइल धेरै भएमा फोनको प्रदर्शन ढिलो हुन्छ । त्यसकारण, समय–समयमा क्यास फाइलहरू डिलिट गर्न महत्त्वपूर्ण छ । तपाईं मोबाइल स्टोरेज विकल्पमा गएर सजिलै क्यास फाइलहरू डिलिट गर्न सक्नुहुन्छ । एकै समयमा, तपाइँ यसलाई एप जानकारीमा गएर हटाउन सक्नुहुन्छ ।


एकै साथ धेरै एपहरू प्रयोग गर्दै

मोबाइलमा एकै पटक धेरै एप प्रयोग नगर्नुहोस् । विशेष गरी यदि र्याम भण्डारण कम छ भने यसले समस्या सिर्जना गर्न सक्छ । यसो गर्दा फोनको र्याममा दबाब पर्छ । एकै समयमा, फोनको प्रदर्शन प्रभावित हुन्छ ।

सफ्टवेयर अपडेट

यदि तपाईंले फोनको क्यास फाइलहरू मेटाउनुभएको छ र  धेरै एप प्रयोग पनि गरिरहनुभएको छैन् तर पनि यदि स्मार्टफोन अझै ह्याङ्ग छ भने, त्यसपछि सफ्टवेयर अपडेट गर्नुहोस् ्। यदि सफ्टवेयर अपडेट गरिएन भने, फोन ह्याङ्ग हुन थाल्छ । साथै, तपाईंले प्रयोग गरिरहनुभएको एपहरू पनि समय समयमा अपडेट गरिरहनुपर्छ । वास्तवमा, यदि फोन वा एप अपडेट गरिएको छैन भने रिसोर्स फाइलहरू गायब हुन्छन् जसका कारण फोन ह्याङ्ग हुन थाल्छ ।

फोन पुनः स्र्टाट गर्नुहोस्

फोन समय समयमा रिस्टार्ट गर्नुपर्छ । यसले मोबाइलमा रहेका अस्थायी फाइलहरू मेटाउँछ । एकै समयमा, मेमोरी म्यानेजर पनि रिसेट हुन्छ । स्मार्टफोनको गति बढ्छ र कार्यसम्पादन बढ्छ ।