कीवर्डहरू -

हाई फ्युचरको एक्सक्लुसिभ एजेन्ट र वितरकमा लानिज हब नियुक्त

हाई फ्युचरको एक्सक्लुसिभ एजेन्ट र वितरकमा लानिज हब नियुक्त

लानिज हब प्रालि हाई फ्युचर उत्पादनको एक्सक्लुसिभ एजेन्ट र वितरक नियुक्त भएको छ । अप्रिल २०२४ देखि नेपालका लागि हाई फ्युचर एक्सक्लुसिभ एजेन्ट र वितरकमा लानिज हब नियुक्त भएको हो । 

विश्वको अग्रणी कटिङ एज अडियो एण्ड वेरेबल टेक्नोलोजी हाई फ्युचरसँगको साझेदारीले उत्साहित भएको कम्पनीले जनाएको छ ।  

अब नेपालमा प्रिमियन अडियो र वेरेबल डिभाइसहरू ल्याउने लानिज हबको भनाइ छ । कम्पनीका अनुसार अब नेपालमा हाई फ्युचरका हेडफोन, स्मार्टवाच, स्पीकर र एयरबड उपलब्ध हुनेछन् । 

यसअघि टेक स्टुडियो प्रालिले नेपालमा हाई फ्युचरका उत्पादन ल्याउने गरेको थियो । अब भने लानिज हबले बिक्री वितरण गर्नेछ ।