कीवर्डहरू -

एमडीएमएस खरिद प्रक्रियामा अनियमितता देखिएपछि कार्यान्वयन रोक्न मन्त्रालयको निर्देशन

एमडीएमएस खरिद प्रक्रियामा अनियमितता देखिएपछि कार्यान्वयन रोक्न मन्त्रालयको निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयन रोक्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

गत मंगलबार मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले कार्यक्रम कार्यान्वयन रोक्न प्राधिकरणलाई पत्राचार गरेको थियो  । 

केही समय अगाडि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयका सह-सचिव गौरी गरीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

उक्त छानबिन प्रतिवेदनले एमडीएमएस खरिद प्रक्रियामा अनियमितता देखाएपछि सञ्चार मन्त्रालयले एमडीएमएस सम्बन्धि थप काम अगाडि नबढाउन, बजेट खर्च नगर्न  र पुरानो भुक्तानी निर्देशन दिएको हो । 

छानबिन प्रतिवेदनले दिएका सुझावहरू कार्यान्वयन पश्चात् मन्त्रालयको सहमति लिएर मात्र थप काम–कारबाही अगाडि बढाउन मन्त्रालयको पत्रमा भनिएको छ ।