कीवर्डहरू -

नमस्ते पेको नयाँ वर्ष अफर, प्लेट टिकट काट्दा र इन्टरनेट बिल भुक्तानीमा छुट पाइने

नमस्ते पेको नयाँ वर्ष अफर, प्लेट टिकट काट्दा र इन्टरनेट बिल भुक्तानीमा छुट पाइने

नमस्ते पे ले नयाँ वर्षको उपलक्ष्यमा प्लेट टिकट र इन्टरनेट बिल भुक्तानीमा आकर्षक अफर सुरु गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा हरेक उडान टिकट खरिद तथा इन्टरनेटको बिल भुक्तानीमा आफ्ना प्रयोगकर्ताहरूका लागि नगद फिर्ता दिने नमस्ते पेले विशेष अफर सुरु गरेको हो । 

यो अफर २६ चैत्र, २०८० देखि ५ वैशाख, २०८१ सम्म उपलब्ध हुनेछ । नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्ने उडानकर्ताहरूले प्रत्येक टिकटमा तत्कालै १५० रूपैयाँ क्यासब्याक प्राप्त गर्नुहुनेछ । क्यासब्याक प्रति टिकट मान्य हुनेछ । तसर्थ उडानकर्ताहरूले जति धेरै टिकट खरिद गर्नुहुनेछ, उति नै बढी क्यासब्याक प्राप्त गर्नुहुनेछ।

त्यसैगरी नमस्ते पे मार्फत इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूले ५ प्रतिशत अथवा १०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नुहुनेछ । यस अफर अन्तर्गत नमस्ते पे प्रयोगकर्ताहरूले उडान टिकट र इन्टरनेट बिल भुक्तानीमा क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नु पर्दैन।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेटको उद्देश्य रहेको छ।

जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्नुहुन्छ। रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम भएका नमस्ते पे प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्नुहुन्छ