कीवर्डहरू -

नेपाली नागरिकले अब पासपोर्ट, नागरिकताका आधारमा भारतीय सीमकार्ड लिन पाउने

नेपाली नागरिकले अब पासपोर्ट, नागरिकताका आधारमा भारतीय सीमकार्ड लिन पाउने

नेपाली नागरिकले अब भारतीय सीमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जालमार्फत् यसको जानकारी दिएका हुन् ।

भारतमा नेपाली नागरिकले पासपोर्ट, नागरिकता, मतदाता परिचयपत्र वा राजदुतावासबाट जारी भएको परिचयपत्रका आधारमा भारतीय सीमकार्ड लिनसक्ने शर्माले जनाएका छन् । 

यसअघि भारतले प्राविधिक कारण देखाउँदै नेपाली नागरिकलाई सीमकार्ड दिन अस्वीकार गर्दै आएको थियो । तर दुतावासको आग्रहमा भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालय नेपालीलाई भारतमा सीमकार्ड दिन तयार भएका हुन् । 

यसअघि भारतमा घुम्न वा काममा जाँदा नेपालीले सीमकार्ड नपाउँदा सास्ती व्यहोरिरहेका थिए । अब भने त्यो सास्ती अन्त्य हुने भएको छ । 

Great news! Nepali nationals can now obtain a SIM card on the basis of their passport, Citizenship Certificate, voter's ID, or ID issued by the Embassy. Citizens of🇳🇵were denied a SIM card earlier due to technical reasons.

Our request was processed quickly by MEA and the MoC, 🇮🇳 pic.twitter.com/ohPLyApIv1

— Dr. Shankar P Sharma (@DrShankarSharma) February 20, 2024