कीवर्डहरू -

नेपालको सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सुरू

नेपालको सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सुरू

रोबोटिक्स एशोशिएसन नेपालले आयोजना गरेको नेपालको सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सुरू भएको छ । काठमाडौंको दशरथ रंगशालामा आईतबार आयोजित नवौं संस्करणको यन्त्र फेस्टिभल पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । 

आईतबारदेखि सोमबारसम्म चल्ने यन्त्र कार्यक्रममा रोबोवार, यन्त्र इन्टरनेसनल लिग, यन्त्र टिन्स, यन्त्र किड्स, यन्त्र अटोनोमस र यन्त्र एक्सपो लगायत रहेका छन् । 

२ दिनसम्म चल्ने यन्त्र ९.० को उद्घाट्न गर्दै प्रमुख अतिथि केपी शर्मा ओलीले यन्त्र जस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रमले अनुभव तथा ज्ञान आदान प्रदान र विस्तार गर्न सहयोग पुग्ने बताए । 

यस्तै रोबोटिक्स एशोशिएसन नेपालका अध्यक्ष विकास गुरूङले यन्त्र नेपालकै ठूलो रोबोटिक्स फेस्टिभल भएको बताउँदै एआई तथा रोबोटिक्सको क्षेत्रमा लाग्न चाहने र लागेका युवालाई यसले प्रोत्साहन गर्ने बताए । 

कार्यक्रममा १०० टिम सहभागी रहेका छन्, जसमा भारत र बंगलादेश लगायतका देशबाट समेत उपस्थिति रहेको छ । विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । 

यस बाहेक यन्त्रको प्रिईभेन्टको रूपमा प्रदेशमा मिनि यन्त्र, मिनि एडटेक एआई कन्फेरेन्स, विभिन्न वर्कशप, ट्रेनिङ बुटक्याम्पस गरिसकेका गुरूङले जानकारी दिए । 

रोबोटिक्स तथा एआईमा लाग्न चाहनेलाई ट्रेन, एक्सपोजर गराउनु पर्ने र त्यसका लागि ट्रेनिङ तथा एक्सपाेजरका साथै नेपालमा रोबोटिक्सको उद्योग सिर्जना गर्न काम गरिरहेको उनको भनाइ छ ।