कीवर्डहरू -

नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक भएको छ । शनिबार नेपाल कल परिषद्मा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक गरेकी हुन् ।

अहिलेको डिजिटल युगमा लिपिको संरक्षण र प्रवर्धन गर्न डिजिटल मार्केटमा प्रवेश गर्नुपर्ने आवश्यकता र सोको सम्बोधन गर्न डिजिटल फन्टको विकास गर्न आवश्यक रहेको तथ्यलाई मध्यनजर राख्दै क्यालिजात्रा फाउण्डेशन र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी एक टाइपको सहयोगमा रञ्जना युनिकोड फन्ट विकास गरिएको क्यालिजात्रा फाउन्डेसनका अध्यक्ष आनन्द कुमार महर्जनले बताए । 

रञ्जना लिपि विशेषज्ञका रूफमा समेत रहेका महर्जनले  फन्टको विकासमा महत्त्वपूर्ण योगदान पर्‍याएका छन् । फन्ट विकासमा मुरली कुमार प्रलाहदले आर्थिक सहयोग गरेका छन् । 

यो रञ्जना युनिकोड फन्ट विश्वभर निःशुल्क रूपमा प्रयोग गर्न सकिने छ । देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि यो उपलब्ध हुनेछ । यदी तपाई पनि नित्या रञ्जना फन्ट डाउनलोड गरेर प्रयोग गर्न चाहहुनहुन्छ भने यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ । 

यो सबैभन्दा उन्नत र राम्रोसँग डिजाइन गरिएको रञ्जना फन्ट हो, जुन स्क्रिन, प्रिन्टिङ र वेवमा पनि प्रयोग गर्न सकिने छ ।

हिजोको दिनमा उपयुक्त डिजिटल लिपिको उपलब्धता नभएतापनि लिपिको प्रयोगमा बढोत्तरी भाएको र प्रयोग गरिएका ठाउँमा पनि गलत स्क्रिप्ट लेखन भइरहेकाले अब त्यस्तो समस्या कम हुने अपेक्षा गरिएको छ ।

यो फन्ट पुराना उपलब्ध नेवा फन्टहरू भन्दा कलात्मक र प्राविधिक रूपमा सुधारिएको हुनाले रञ्जना लिपिलाई प्रवद्धन गर्न र सही रूपमा प्रयोग बढाउन मद्दत गर्ने विश्वास गरिएको छ । यसबाट सरकारी संस्था, नेवा समुदाय, बौद्ध समुदाय, गैरनेवार, विद्यालय, कलेज, डिजाइन हाउस, यो सजिलो फन्टको प्रयोगबाट लाभान्वित हुने बताइएको छ । 

नेपालको पहिचान बोकेको प्रचलित भाषा, लिपि, मूर्त तया अमूर्त सास्कृतिक सम्पदा विश्वव्यापीकरण र पश्चिमेली सभ्यताको बढ्दो अवलम्बनका कारण लोपोन्मुख अवस्थामा पुगेको र यसै कारण ऐतिहासिक कालखण्ड देखि इण्डो आर्यन, मंगोल र भोट बर्मन जातिको इतिहास, बोकेको रन्जना लिपी समेत पछिल्लो समय ओझेलमा पर्दै गएको छ ।