कीवर्डहरू -

टाटा मोटर्सको नाउ अर नेभर अफर, बजेट अघिकै मूल्यमा टियागो ईभी किन्न सकिने

टाटा मोटर्सको नाउ अर नेभर अफर, बजेट अघिकै मूल्यमा टियागो ईभी किन्न सकिने

नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘नाउ अर नेभर ड्राइभ होम टियागो ईभी एट प्रि–बजेट प्राइस’ आयोजना गर्न लागेको छ ।

यस अफर अन्तर्गत नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण टियागो इभीको मूल्य बढेको भए पनि सीमित स्टक प्रि–बजेट मूल्यमा प्राप्त गर्न सकिनेछ ।

यस्तै आफूले चाहेको स्थानमा नै पुरानो गाडीको मूल्यांकन र टेस्ट ड्राइभको सुविधा रहेको छ । यसका साथै आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स २ वर्षको सवारी कर र एक्सेसरिजहरू रहेका छन् । 

यो योजना जुन २० देखि २२ सम्म नेपालभर रहेका टाटा मोटर्सको सबै सोरूमहरूमा लागु हुनेछ । बजेटमार्फत कर बढेसँगै टियागो इभीको सबै मोडलहरूमा एक लाख रूपैयाँले मूल्य वृद्धि भएको छ । योसँगै टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य २७ लाख ४९ हजार कायम हुने छ । 

आगामी आर्थिक वर्षको बजेट नीतिका कारण २ लाख ५० हजारदेखि ३ लाखसम्म मूल्य बढ्ने भए पनि सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सहकार्यमा मूल्य धेरै बढ्दा ग्राहकहरूलाई पर्न जाने भारलाई मध्यनजर गर्दै मूल्यमा न्यूनतम वृद्धि गर्न लागिएको कम्पनीले जनाएको छ । तर जुन २० देखि २२ सम्म प्रिबजेट मूल्यमै किन्न सकिने छ ।