कीवर्डहरू -

अब ह्वाट्सएपमा डेस्कटपमार्फत स्टेटस सेयर गर्न सकिने

अब ह्वाट्सएपमा डेस्कटपमार्फत स्टेटस सेयर गर्न सकिने

मेटाको प्रसिद्ध मेसेजिङ एप अर्थात् ह्वाट्सएपले आफ्ना ग्राहकहरुका लागि नयाँ फिचर ल्याएको छ, जसको मद्दतले तपाईले आफ्नो डेस्कटपबाट सजिलै ह्वाट्सएप स्टेटस अपडेट गर्न सक्नुहुन्छ ।

ह्वाट्सएपले आफ्नो म्याक प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा ल्याइरहेको छ, जसको माध्यमबाट उनीहरूले आफ्नो डेस्कटपबाट सीधा स्टेटस अपडेट सेयर गर्न सक्षम हुनेछन् । यो सुविधा हालै एन्ड्रोइड डिभाइसका लागि रोल आउट गरिएको छ । 

हालसालै, ह्वाट्सएप प्रयोगकर्ताहरूले कुनै पनि लिङ्क गरिएको डिभाइसबाट स्टेटस अपडेट मार्फत ईमेज, भिडियो, जीआईएफ, टेक्सट र भ्वाइस मेसेज सेयर गर्ने सुविधा पाउँछन् ।

अब तत्काल मेसेज प्लेटफर्मले म्याक  प्रयोगकर्ताहरूलाई यो सुविधा विस्तार गर्दैछ । म्याक संस्करण २४.११.७३ का लागि ह्वाट्सएपको नवीनतम बेटा अनुसार, बेटा परीक्षकहरूले अब नयाँ सुविधाहरू अन्वेषण गर्न सक्छन् ।
यसले प्रयोगकर्तालाई आफ्नो म्याकको स्टेटस ट्याबबाटै स्टेटस अपडेट सेयर गर्न अनुमति दिनेछ ।