कीवर्डहरू -

अब अनलाइनबाटै त्रिविको ट्रान्सक्रिप्ट, मार्कसिट लगायतको सेवा, यस्तो छ लिने तरिका

अब अनलाइनबाटै त्रिविको ट्रान्सक्रिप्ट, मार्कसिट लगायतको सेवा, यस्तो छ लिने तरिका

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले माघ १५ गतदेखि अब अनलाइनबाटै सेवा प्रदान गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना जारी गर्दै माघ १५ गते देखि सबै सेवाहरू अनलाइन माध्यमबाट उपलब्ध गराउने जानकारी दिएको हो । 

केही समयको लागि अनलाइन र अफलाइन दुवै सेवाहरु संचालन हुनेछन् । पूर्ण अनलाइन संचालन बारे पुनः सूचना प्रकाशित गरिने कार्यालयले जनाएको छ । 

अनलाइन सेवा सुरू भएपछि त्रिविको ट्रान्सक्रिप्ट, मार्कसिट लगायतका कागजात लिन घण्टौं लाइन बस्नुपर्ने विद्यार्थीको बाध्यता अन्त्य हुनेछ । 

कसरी लिने अनलाइन सेवा ? 

सुरूमा tuexam.edu.np जानुहोस् र स्टुडेन्ट सेन्टरमा क्लिक गरी गएर log in गर्नुहोस् । यदी लगइन आईडीया बनाउनु भएको छैन् भने रजिष्टरमा क्लिक गरेर लगइन आईडी र पासवर्ड बनाउन सक्नुहुनेछ । 

लगइन गरेपछि सर्टिफिकेमा लिंकमा थिच्नुहोस् । त्यसपछि साइनअप गरेपछि इमेलमा एउटा लिंक देखाउँछ र उक्त लिंकमा क्लिक गर्नुहोस् । अब रजिष्ट्रेसब स्लिप अपलोड गर्ने इन्टरफेस आउँछ । त्यहाँ पीडीएफ, जेपेगमा फोटो अपलोड गर्नुहोस् ।

अनि ट्रान्सक्रिप्टमा गएर आवश्यक सूचना भर्ने, त्यसै गरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा क्लिक गरी माग भएको सूचना उपलब्ध गराउने तथा अनलाइनमा उल्लेख गरिएको सूचना अनुसार फारम भर्ने र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा सबमिट बटनमा थिच्नुहोस् । 

सबमिट भएपछि सम्बन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रकृया सुरू हुनेछ र सबै प्रकृया मिलेको खण्डमा ट्रान्सकृष्ट प्रिन्टको प्रकृयामा जानेछ । 

प्रमाणिकरण गरी तयार भएको ट्रान्स्कृप्टको सूचना सेवा ग्राहीलाई पठाइने छ । यदी सूचना अपुर्ण भएमा वा गलत भएमा सोको जानकारी पनि सम्वन्धित विद्यार्थीलाई पठाइनेछ । फेरि आवश्यक प्रकृया पुरा गरी पुनः अपलोड गरी पूर्ववत सेवा सुचारु भई कार्यान्वयनमा जानेछ ।

अनलाइन सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरुको प्रमाणपत्र सम्वन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गरिनेछ ।

नाम, थर आदि सच्चाउने प्रकृयाको लागि आवश्यक प्रमाणहरु आफुलाई पायक पर्ने सम्वन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बल्खु स्थित केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।

प्रमाणपत्रहरु संकलन गर्दा स्वयं वा इच्छाएको व्यक्ति मार्फत प्रमाणसहित आउनु पर्नेछ । यो प्रकृया संग सम्वन्धित केही समस्याहरु भएमा इमेल वा फोन नं. मार्फत सूचना आदान प्रदान गरिने भएकोले आ आफ्‌नो सम्पर्क नम्बर र इमेल एड्रेस सोही अनुसार अपलोड गर्नुपर्नेछ ।