कीवर्डहरू -

ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले पायो ‘इभी पायोनियर अवार्ड’

ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले पायो ‘इभी पायोनियर अवार्ड’

विद्युतीय कार ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले  ‘इभी पायोनियर अवार्ड’ प्राप्त गरेको छ । शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’ मा आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन र इभी पायोनियर अवार्ड पाएको हो ।

शारडा ग्रुपका निर्देशक गौरव शारडाले यो उपलब्धी हाम्रो नेपाली ग्राहकहरूको असिम साथ-सहयोगद्वारा सम्भव भएको बताए । 'हामीले ल्याउने अत्याधुनिक इभिहरूमा विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकहरूप्रति हामी आभारी छौँ । हामी हाम्रो दिगो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउन अघि बढ्दैछौँ,' उनले भने, 'हाम्रो सम्पूर्ण टिम, नेटवर्क पार्टनरहरू, र नेपालभरका हाम्रा प्रत्येक ग्राहकहरूसँग यो उपलब्धिको खुसी साट्न पाउँदा हामी अत्यन्तै गौरव महसुस गर्दछौँ ।'

नेपाली सडक र जीवनशैलीका लागि उपयुक्त ओमोडा ई फाइभ गत फेब्रुअरीमा सार्वजनिक गरिएको थियो । कम्पनीले डेलिभरि सुरु भएदेखि,  छोटो अवधिमा नै देशव्यापी ग्राहकहरूलाई फ्यूचरिस्टिक ओमोडा ई फाइभको १५१ भन्दा बढी युनिटहरू हस्तान्तरण गरिसकेको जनाएको छ ।