कीवर्डहरू -

पर्प्लेक्सिटीको नयाँ सब्सक्रिप्सन योजना: २०० डलरमा ‘म्याक्स’ सदस्यता

पर्प्लेक्सिटीको नयाँ सब्सक्रिप्सन योजना: २०० डलरमा ‘म्याक्स’ सदस्यता

एआई सर्च स्टार्टअप पर्प्लेक्सिटीले पावर युजरका लागि प्रतिमहिना २०० अमेरिकी डलरमा ‘म्याक्स’ सदस्यता योजना सार्वजनिक गरेको छ ।

यो योजनामार्फत प्रयोगकर्ताले रिपोर्ट तथा स्प्रेडशीट टुल ‘ल्याब्स’ को असीमित प्रयोग, नयाँ फिचरहरूको अर्ली एक्सेस, र ओपन एआई ०३ प्रो तथा क्लाउच ओप्स ४ जस्ता मोडेलको प्राथमिक पहुँच पाउनेछन् ।

पर्प्लेक्सिटीले अहिले २० डलरको प्रो योजना, ४० डलरको इन्टरप्राइज प्रो योजना र नयाँ २०० डलरको म्याक्स योजना सञ्चालनमा ल्याएको छ। कम्पनीले भविष्यमा संस्थागत ग्राहकका लागि छुट्टै म्याक्स योजना ल्याउने तयारी पनि गरेको छ।

सन् २०२४ मा कम्पनीले ३४ मिलियन डलर आम्दानी गरेको भए पनि क्लाउड सर्भर र एआई मोडेल खरिदमा खर्च बढ्दा ६५ मिलियन डलर घाटा व्यहोरेको छ । ३४ मिलियन डलर आम्दानीको धेरै हिस्सा सब्सक्रिप्सन प्लानबाट आएको थियो । 

जनवरीमा यसको वार्षिक आम्दाबी बढेर ८० मिलियन डलर मिलियन पुगेको जनाइएको छ। गूगल र ओपन एआई जस्ता ठूला प्रतिस्पर्धीसँग जुझिरहेकै बेला, पर्प्लेक्सिटीले नयाँ योजना ल्याएर पावर युजरबाट अतिरिक्त आम्दानी उठाउने र प्रतिस्पर्धी क्षमतामा बल पुर्‍याउने उद्देश्य लिएको देखिन्छ ।