कीवर्डहरू -

साउन २९ देखि ३१ गतेसम्म झापामा पब्जी ह्याकाथन हुँदै, भारतीय टिम पनि सहभागी हुने

साउन २९ देखि ३१ गतेसम्म झापामा पब्जी ह्याकाथन हुँदै, भारतीय टिम पनि सहभागी हुने

डेभलपर्स एशोसिएसन झापाको आयोजनामा झापाको बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी क्याम्पसमा ‘प्रोग्रामर्स अननोन ब्याटलग्राउन्ड (PUBG) ह्याकाथन’ को आयोजना हुने भएको छ । 
साउन २९ देखि ३१ गतेसम्म सञ्चालन हुने यस तीन दिने ह्याकाथनमा भारतबाट समेत सहभागीता रहनेछ ।

यो ह्याकाथन झापामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने प्रविधि प्रतिस्पर्धा हो, जसले झापालाई राजधानी बाहिरको प्रविधिक केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

यो एउटा कोडिङ प्रतियोगिता मात्र नभएर झापालाई अन्तर्राष्ट्रिय प्रविधि मञ्चमा चिनाउने अवसर भएको आयोजक अबिरल आचार्यले जानकारी दिए । अहिलेसम्म नेपाल र भारतका गरी ४० बढी टिमले आवेदन दिएका छन् । आवेदन दिएका मध्येबाट १५ उत्कृष्ट टोलीलाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ ।

सहभागीले कृत्रिम बुद्धिमत्ता/मेसिन लर्निङ, ब्लकचेन प्रविधि, इन्टरनेट अफ थिङ्स र ओपन इन्नोभेसनमा आधारित सोलुसन बनाउनु पर्नेछ । कार्यक्रम अन्तर्गत प्लस टु तहका विद्यार्थीहरूका लागि वित्तीय साक्षरता, शेयर बजार, कृत्रिम बुद्धिमत्ता र रोबोटिक्स विषयमा कार्यशालाहरू आयोजना गरिनेछ ।

ह्याकाथनको नामजस्तै यसको गतिविधिहरू पनि पब्जी गेमबाट प्रेरित भएका छन् । प्रतियोगिताका विजेता टोलीलाई आकर्षक पुरस्कार, प्रमाणपत्र, पोस्ट-इभेन्ट मेन्टोरशिप र स्टार्टअप इन्क्युबेसनको अवसर समेत प्रदान गरिनेछ ।

कार्यक्रमलाई गोमेन्द्र क्याम्पस, आरडी मोबाइल, प्रथम आईटी सिस्टम, क्वालिटी कम्प्युटर, .XYZ डोमेन, पठाओ नेपाल, निरभिक्स टेक्नोलोजी, कैलाश क्लाउड, गणपति बेकरी, बालसामिक, कोड क्राफ्टर्स लगायतको सहयोग रहेको छ ।