कीवर्डहरू -

भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स सुविधा

भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स सुविधा

राकुटेन भाइबरले च्याट फोल्डर्स नामक नयाँ सुविधा ल्याएको छ । प्रयोगकर्ताहरूलाई विशेष कुराकानीहरू छिटो खोज्न र सञ्चार म्यानेज गर्ने तरिकालाई सहज बनाउन भाइबरले च्याट फोल्डर्स फिचर ल्याएको हो ।

प्रयोगकर्ताको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको च्याट फोल्डर्सले विषय, ग्रुप वा व्यक्तिहरूमा आधारित भई सहज वर्गीकरण गरी च्याट फोल्डर्सलाई सुव्यवस्थित बनाउने भाइबरले जनाएको छ ।

यस नयाँ सुविधामा प्रयोगकर्ताहरूले पाँचवटा कस्टम फोल्डर्स सिर्जना गर्न सक्नेछन् । साथै यसले स्वचालित रूपमा अन्य सबै च्याटहरू समावेश गर्ने एउटा “अल” ट्याब पनि उपलब्ध गराउने छ ।

उदाहरणका लागि, प्रयोगकर्ताहरूले काम, साथीहरू, परिवार वा मनपर्नेहरूको लागि भिन्दाभिन्दै फोल्डर्स सिर्जना गर्न सक्छन्। एउटै च्याट धेरै फोल्डर्समा पनि राख्न सकिन्छ र असीमित सङ्ख्यामा च्याटहरू थप्न पनि सकिन्छ ।

प्रयोगकर्ताहरूले फोल्डर्स पुन: नामाकरण गर्न वा फोल्डर्स भित्रका सबै च्याटहरूलाई रिडको मार्क लगाएर उनीहरूको कम्यूनिकेशनलाई सजिलै वर्गीकरण र स्ट्रिमलाइन गर्न पनि सक्छन् ।
उदाहरणका लागि, सबै सहकर्मीका च्याटहरूलाई 'काम' लेबल गरिएको फोल्डरमा राखेर, प्रयोगकर्ताहरूले सजिलैसँग परियोजनाहरू र कार्यहरू व्यवस्थापन गर्न सक्छन् वा कामको हप्तामा अर्को सहकर्मीको लागि जन्मदिनको उपहार समन्वय गर्न सक्छन् । 

प्रत्येक फोल्डरको शीर्षमा नम्बर भएको “अनरिड” ब्याजले त्यो फोल्डरभित्र नपढिएका च्याटहरूको सङ्ख्यालाई संकेत गर्नेछ । यी कस्टम फोल्डर्समा सबै वान-अन-वान च्याट, ग्रुप च्याट, च्यानल र कम्युनिटीहरू थप्न सकिन्छ। 

यसमा केही एक्सक्लूजनहरू पनि लागू हुन्छन्, जस्तै- हिडन च्याट, भाइबर पेबाट प्राप्त मेसेजहरू, बिजनेस र ग्राहक अन्तरक्रियाहरू यी फोल्डर्समा समावेश गर्न सकिँदैन । राकुटेन भाइबरका सीईओ ओफिर इयालले यस नवीनतम सुविधा कुराकानीलाई उत्कृष्ट पार्न र टाइम सेभ गर्दै अर्थपूर्ण कनेकशनहरू सुरक्षित गर्न सहयोग गर्ने बताए । 

फोल्डर्स फिचर विश्वव्यापी रूपमा रोलआउट हुन सुरू गरिसकेको छ । आगामी केही महिनाहरूमा राकुटेन भाइबरका २२.० र त्यसमाथिका भर्जन भएका सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछन् । 

१० भन्दा बढी च्याट भएका प्रयोगकर्ताहरूले एप खोल्ने बित्तिकै यसको सुविधा प्राप्त गर्नेछन्। फोल्डर्स अक्टिभेट गर्न मुख्य च्याट स्क्रिनमा More  मा गएर Manage Folders  सेलेकट गरी च्याटहरू थपेर गर्न सकिन्छ।