कीवर्डहरू -

रियलमी सी ५५ मा छुट घोषणा, अब साढे १५ हजारमै किन्न पाइने

रियलमी सी ५५  मा छुट घोषणा, अब साढे १५ हजारमै किन्न पाइने

रियलमीको रियलमी सी ५५ छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला रु. २१ हजार ९९९ मा उपलब्ध रहेको ६ जिबी प्लस ६४ जिबी स्टोरेज भेरियन्टको मूल्य अहिले रु. १५ हजार ४९९ हुने भएको हो ।

रियलमी सी ५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ मेगापिक्सेल क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ, जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ । 

रियलमी सी ५५ मा ५ हजार एमएचको ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ । 

रियलमी सी ५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ ।

६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सी ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ ।