कीवर्डहरू -

रियलमी १२ प्रो प्लस फाइभजी जुन १ देखि दराजबाट प्रिबुकिङ गर्न सकिने

रियलमी १२ प्रो प्लस फाइभजी जुन १ देखि दराजबाट प्रिबुकिङ गर्न सकिने

जुन १ देखि अनलाइन शपिङ प्लेटफर्म दराजबाट रियलमी १२ प्रो प्लस फाइभजी स्मार्टफोन प्रि-बुकिङ गर्न सकिने भएको छ । जुन १ देखि ५ तारिखसम्म रियलमी १२ प्रो प्लस फाइभजी प्रिबुकिङ गर्न सकिने भएको हो ।

६.७ इन्च फुल एचडी प्लस कर्भड ओएलईडी डिस्प्ले रहेको यस फोनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ । रियलमी १२ प्रो प्लसमा क्वालकमको स्न्याड्रयागन सेभेन जेन टु प्रोसेसर प्रयोग गरिएको छ । 

स्न्याड्रयागन सेभेन जेन टु, अक्टा कोर प्रोसेसर हो, जुन ४ एमएममा आधारित रहेको छ । यसमा १२ जीबी र्‍याम ५१२ र आन्तरिक स्टोरेज उपलब्ध रहेको छ । फोनको र्‍यामले थप १२ जीबीसम्म बढाउन सकिने छ । 

ब्याट्रीको कुरा गर्दा यसमा ५ हजार एमएएचको ब्याट्री दिइएको छ, जसले ६७ वाट सुपरभोग चार्ज सपोर्ट गर्नेछ । युएसबी टाइप सी पोर्ट रहेको रियलमी १२ प्रो प्लसमा ६४ मेगापिक्सेले पेरिस्कोप पोट्रेट क्यामेरा रहेको छ भने ५० मेगापिक्सेल सोनीको ओआईएस क्यामेरा रहेको छ ।

यसमा अटोजुम, स्ट्रिट फोटोग्राफी मोड, मुन मोड, स्ट्यारी मोड प्रो, सुपर नाइट स्केप, एआई सिन रिकग्निसन, एआई ब्युटी, फिल्टर, टेक्स्ट स्क्यानर लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । 

फोनमा स्लो मोसन, टाइम ल्याप्स, सिनेमा मोड, एआई भिडियो ट्रयाकिङ, स्ट्यारी टाइम ल्याप्स जस्ता भिडियो रेकर्डिङ सुविधा छन् । रियलमी १२ प्रो प्लसबाट ३० एफपीएसमा फोरके भिडियो समेत खिच्न सकिने छ ।

फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि दिइएको छ । अगाडिको क्यामेराबाट भने १०८० पी फर्म्याटमा मात्रै भिडियो खिच्न सकिने छ । यसमा एन्ड्रोइड १४ मा आधारित रियलमी युआई ५.० अपरेटिङ सिस्टम रहेको छ ।