सामसङले आफ्ना ग्राहकलाई आगामी ग्यालेक्सी स्मार्टफोन आधिकारिक सार्वजनिक हुनु अघि नै सुरक्षित गर्ने अवसर दिने ‘ह्याण्ड रेज़र’ (प्रि–रिजर्भ) अफर घोषणा गरेको छ। यस अफर अन्तर्गत ग्राहकहरूले आफ्ना योग्य पुराना स्मार्टफोन एक्सचेन्ज गरेर नयाँ ग्यालेक्सी स्मार्टफोन प्रि–रिजर्भ गर्न सक्नेछन् र २० हजार ९९९ रूपैयाँसम्मका विशेष लाभ प्राप्त गर्न सक्नेछन्।
अफरका मुख्य सुविधाहरूमा मेमोरी अपग्रेड १TB सम्म (१५ हजार रूपैयाँ बराबर) र 60 वाट फास्ट चार्जर (५ हजार ९९९ रूपैयाँ बराबर) समावेश छन्। एक्सचेन्ज कार्यक्रम केही प्रिमियम डिभाइसहरूमा लागू हुनेछ, जसमध्ये सामसङ ग्यालेक्सी एस सिरिज (S23, S24, S25) र iDevice 14, 15, 16 प्रमुख छन्।
यस अफरको अवधि फेब्रुअरी २३ देखि २६ २०२६ सम्मको छोटो समयका लागि मान्य छ। यस अवधिमा ग्राहकले आफ्नो योग्य डिभाइस एक्सचेन्ज गरेर नयाँ ग्यालेक्सी स्मार्टफोन प्रि–रिजर्भ गर्न सक्नेछन्।
सायमसङका एमएक्स निर्देशक प्रणय रत्न श्रेष्ठले ह्याण्ड रेज़र अफरमार्फत ग्राहकलाई प्राथमिक पहुँच र थप मूल्य प्रदान गर्न चाहेको बताए ।
यस कार्यक्रमले हाम्रो नयाँ प्रविधि अनुभव गर्ने अवसरसँगै सहज अपग्रेड अनुभव सुनिश्चित गर्ने उनको भनाइ छ ।
ग्राहकहरूले samsungcampaigns.com मा गएर आफ्नो विवरण पेश गरी एक्सचेन्ज रेजिस्ट्रेसन पूरा गरेर अफरमा सहभागी हुन सक्नेछन्। प्रक्रिया अन्तर्गत प्रि–कन्डिसन समीक्षा, ओटीपीमार्फत रेजिस्ट्रेसन र रिटेलरबाट नयाँ डिभाइस संकलन गर्नुपर्ने व्यवस्था छ।
साथै, सामसङ इन्स्टा फाइनान्स सेवामार्फत पनि 0% ब्याजदरमा, 0% डाउन पेमेंटमा, र २४ महिनासम्मको ईएमआई विकल्पमा स्मार्टफोन खरीद गर्न सक्ने छन् ।
आईसीटी समाचार